23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

काठमाडौं मललाई कर्पाेरेट हाउन बनाउन कोषको सूचना

काठमाडौं । काठमाडौंको सुन्धारास्थित रहेको काठमाडौं मल अब कर्पाेरेट कार्यालयले सञ्चालन गर्ने भएको छ ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल खाली गराएर कर्पोरेट हाउस बनाउन लागेको हो । काठमाडौं मलमा हाल सञ्चालनमा रहेका पसलहरु हटाइ कर्पोरेट कार्यालय राख्न भाडामा दिने कोषको योजना रहेको छ ।
व्यवसायी प्रवीण शमशेर राणाले शुरुवातदेखि नै १५ वर्षका मलको व्यवस्थापनको जिम्मा पाएका थिए । ०६२ भदौ १ गतेबाट मासिक ६४ लाख रुपैयाँ डिल भएकोमा ०७२ सम्म आइपुग्दा कोषले भाडा बढाएर ७५ लाखसम्म र्पुयाएको थियो । केही समय अघिदेखि काठमाडौं मल गुण्डा नाइके राजु गोरखालीको समूहले भाडामा लिएर चलाउँदै आएका थिए । मनपरी भाडा असुल्न सक्ने देखेर त्यतिबेला यो समूहले यति ठूलो मूल्य कबोल गरेको हुनसक्ने कोष स्रोत बताउँछ ।
गुण्डा नाइके राजुले पसल चलाउनेलाई धम्क्याएर बढी भाडा असुल्ने, कर्मचारी सञ्चय कोषलाई कम भाडा दिने गर्दै आएको मलका व्यवसायीहरुले बताए । गुण्डा नाइके राजुले ५ गुणासम्म भाडा वृद्धि गरेपछि व्यवसायीले प्रशासनमा उजुरी समेत दिएका थिए ।
भाडा विवाद चर्किएपछि पछिल्लो पटक माघ २० गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । ०७४ जेठ मा पनि उनी भाडा विवादमा परेर प्रहरीको फन्दामा परेका थिए । सञ्चय कोषले मल खाली गराउने जनाएपछि व्यवसायी विरोधमा छन् । मल खाली गराउने सार्वजनिक सूचना नै जारी गरेपछि कोषप्रति व्यवसायीहरु आक्रोशित बनेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: