कालीप्रसाद पाण्डे
बिशेष गरि तेल उत्पादनको लागि खेती गरिने बालीलाई तेलहन बाली भनिन्छ । नेपालमा खेती गरिने तेलबालीमा तोरी जात( तोरी, सस्र्युं, रायो ) ,बदाम, सूर्यमूखि,आलस,तील झुसेतिल आदि पर्दछन् । यिनीहरुको बिउ उत्पादन प्रबिधि बारे तल बर्णन गरिएको छ । हाम्रो देशमा कृषक स्तरमा तोरी ,सस्र्युं र रायोको बीउ उत्पादन कार्यक्रम छैन जसले गर्दा धेरै जसो कृषकले स्थानीय जात नै लगाईरहेका छन् ।
बीउ उत्पादनको लागि आबस्यक हावापानी
तोरी जातको बीउ उत्पादन उष्ण देखि लिएर ठण्डा प्रदेशिय जुनसुकै हावापानीमा गर्न सकिन्छ । यसलाई केहि चिसो तर बिरुवा राम्रो संग हुर्कने तापक्रम उपयुक्त हुन्छ । यो बालीले तुषारो सहन सक्दैन र फूल फुल्ने बेलामा बादल लाग्यो भने लाही किराको प्रकोप हुन्छ ।
माटो ः
बीउ उत्पादनको लागि हल्का खुकुलो भन्दा पानी नजम्ने,प्रसस्त प्रा¨ारिक पदार्थ भएको मध्यम खालको दुमट माटो सर्बोत्तम मानिन्छ । पि.एच. ६–७.५ सम्म हुनु पर्छ ।
जमिनको तयारी ः
बीउ उत्पादनको लागि मसिनो र बुर्बराउंदो माटो बनाउनु पर्दछ । यसको लागि ४–५ पटक काठे हलोले जोतेर दांते र पाटा चलाई जग्गा तयारी गर्नु राम्रो हुन्छ ।
मलखाद ः
साधरणतया तोरी बालीको लागि ६० के.जी. नाईट्रोजन, ४) के.जी.फस्पोरस र २) के.जी. पोटासियम प्रति हेक्टरका दरले प्रयोग गर्न सिफारिस गरिएको छ । ंिसचित अवस्थामा आधा नाईट्रोजनफस्पोरस तथा पोटासियम बीउ छर्नु भन्दा पहिले दिनु राम्रो हुन्छ . बांकी आधा भाग नाईट्रोजन पर्दछ । तोरी जातको लागि सल्फरको आवस्यकता हुने भएकोले नाईट्र राम्रो हुन्छ ।
तोरी बालीमा प्रा¨ागारिक मल प्रसस्त हालेमा राम्रो संग फस्टाउने भएकोले जमिनको तयारी गर्दा प्रसस्त प्रा¨गारिक मलको प्रयोग गरी रसायनिक मलको मात्रा घटाउन सकिन्छ ।
बीउ दर र रोप्ने तरिका
छरुवा गरेमा ः८–१० के.जी.प्रति हेक्टर र लाइनमा छर्दा तोरीको लागि प्रति हेक्टर ४–५ किलो ग्राम तथा सस्र्यू र रायोको लागि ५–६ किलो ग्राम प्रति हेक्टर आवश्यक पर्छ । धेरै गहिरोमा बीउ छरेमा राम्रोसंग बीउ नउम्रने हु“दा ३–४ से.मी. भन्दा गहिरोमा बीउ रोप्नु हु“दैन ।
गोडमेल
तोरी बढ्र्दै गएपछि तोरी संगै आरोबेड.की नामको परजीवी झार आउन सक्छ, यो झार तोरी बालीको लागि ज्यादै हानीकारक हो । यसलाई होसीयारीपूर्वक तोरीको जरा नउखेलीने गरि उखेली खाडल खनी गाडीदिने वा जलाईदिने गर्नु पर्छ । अन्य झारपात आएमा उखेलेर फाल्नु पर्छ ।
सिंचाई
सिंंचाई सुविधा भएमा पहिलो सिंचाई रापेको २०–२५ दिनमा र त्यसपछि फूल फुल्ने बेलामा सिंचाई गरेमा उत्पादन राम्रो हुन्छ ।
पृथकता दुरी ः तेल बालीहरु परसेचित बालीहरु हुन्। तसर्थ मूल बिउ उत्पादनको लागि ३०० मी. प्रमाणित बिउको लागि २०० मी.पृथकता दुरी कायम राख्नु पर्छ ।
क्षेत्रफल ः– तराईमा १ हेक्टर र पहाडमा ०.२५ हेक्टर
छनौट र बेजात नियन्त्रण ः
बीउ उत्पादनको लागि जग्गाको छनौट गर्दा त्यो जग्गामा अघिल्लो बर्ष त्यही बाली लगाएको हुनु हुदैन वा त्यही बाली लगाएको भए पनि जात त्यहि हुनु पर्छ ।
बीउ उत्पादन कार्यक्रम संचालन गर्दा बाली उत्पादनको सम्पूर्ण उन्नत प्रबिधिहरु अपनाउनु पर्छ जस्तै उन्नत बीउ छर्ने ,सिफारिस अनुसारको मलखाद दिने,समय–समयमा सिंचाई गर्ने,बाली संरक्षरण बिधि अपनाउने आदि ।
बीउ उत्पादन गर्दा बाली लाई पटक पटक निरिक्षण गर्नु पर्छ । खास गरि बाली छरे देखि नकाटुन्जेल तीन पटक निरिक्षण गर्नु राम्रो हुन्छ ।
१) पहिलो पटक (फूल फुल्ने बेलामा ) ः
यस अवस्थामा खेतमा घुमी अन्य बालीहरुको बोटलाई उखाली फाल्नुको साथै सोहि बालीको अन्य जात र झारपातका बोट बिरुवाहरु समेत उखेल्नु पर्छ ।
२) दोस्रो पटक (कोसा लागेको बेलामा ) ः
यस अवस्थामा अवान्छित बोटहरु निकाल्नुको साथै अन्य बाली र झारपातको छुटेका बोटहरु उखेल्नु पर्छ ।
३) तेश्रो पटक (बाली पाक्ने बेलामा ) ः
यो अन्तिम निरिक्षाण भएकोले बांकी रहन गएका अफ टाइप प्लान्टस आदि झिकि दिनु पर्छ ।
यस प्रकार निरिक्षण आदि गरिसकेपछि बालीमा कोसाहरु पहेंलो हुन थालेमा उखाली ३–४ घाम सुकाई चुट्ने र चुटिसकेपछि बीउलाई ३–४ घाम सुकाउनु पर्छ । सुकाई सकेको बीउलाई राम्रो संग केलाई, नराम्रो र सानो सानो दानालाई छांटी राम्रो राम्रो दानालाई मात्र बीउको लागि भण्डारण गर्न राम्रो हुन्छ ।
उत्पादन ः हालको औषत उत्पादन (तोरी,सस्र्यूू ,रायो) ०.८ टन देखि १ टन सम्म प्रति हेक्टर छ ।