जीवित थापा, प्रबन्ध निर्देशक
बनेपा हेल्थ केयर, बनेपा, काभ्रे
० आज भोली के मा व्यस्त हुनुहुन्छ ?
मैले मेरो परिचयमा पनि भने, बनेपा हेल्थ केयरको सञ्चालक भनेर, त्यसैले यसैका सेवाहरु लाई अझै परिस्कृत तथा बिस्तार गर्नु मै व्यस्त छु अचेल ।
० बनेपा हेल्थ केयरको बारेमा बताई दिनुहोस् न ।
काभ्रे जिल्लामै अत्यन्त शुलभ शुल्कमा गु्णस्तरिय स्वास्थ्य सेवा प्रदायक संस्था हो बनेपा हेल्थ केयर । काठमाण्डौं लगायतका स्थानहरुबाट नेपालमै ख्याती प्राप्त बिशेषज्ञ चिकित्सकहरुको सेवा उपलव्ध गराउनु का साथै फिजियोथेरापी, अत्याधुनिक प्रयोगशाला, दन्त उपचार, आधुनिक भिडियो एक्स–रे, एक्स–रे लगायतका सेवाउपलव्ध छन, यहाँ ।
० किन बनेपा हेल्थ केयर बनाउने सोच्नु भयो ?
यति धेरै जनसंख्या भएको बनेपामा सबै भन्दा अचम्म लाग्ने कुरा, यहाँका जनता स्तरिय बिशेषज्ञ सेवा लिन काठमाण्डौं नै पुग्नु पर्ने अवस्था थियो त्यसैले यस भेगका जनताको सेवाका लागि एउटा स्तरिय स्वास्थ्य संस्थाको आवश्यकता महशुस गरी यस बनेपा हेल्थ केयर स्थापना गरिएको हो ।
० तपाईको हेल्थ केयरले कस्तो कस्तो कामहरु गर्दछ ?
छोटकरीमा भन्नु पर्दा बिरामी भर्ना गरेर उपचार गर्नु बाहेक काठमाण्डौंकै कुनै स्तरिय अस्पतालको बहिरंग सेवा, क वर्गको प्रयोगशाला सेवा, फिजियोथेरापी, एक्स–रे र भिडियो एक्स–रे सेवाको गुणस्तरको तुलनामा २० को १९ पनि छैनन हाम्रा सेवाहरु । हो, स्थानको सिमितताका कारण हामीकहाँ आउनुहुने बिरामीलाई अलि अप्ठ्यारो लाग्ला शुरुमा, तर हाम्रा पूर्ण ब्यावसायिक प्रविधिक कर्मचारीहरुको मुस्कान सहितको सेवा पश्चात त्यो गुनासो पनि रहँदैन ।
० काभ्रेमा यति धेरै हस्पिटल र क्लिनिकहरु छन्, यस्तोमा आफ्नो स्थान कसरी बनाउँदै हुनुहुन्छ ?
बिभिन्न साना ठूला गरी अझै पनि धेरै स्वास्थ्य संस्था छन् काभ्रेमा । तर पनि काभ्रेली जनता जहिले पनि सामान्य रोगको जाँच गराउन पनि काठमाण्डौंकै विभिन्न अस्पताल धाउनु पर्ने वाध्यता रहेको हुँदा सकेसम्मका सेवाहरुलाई एकिकृत गरी एउटै छानामुनी राखेर अत्यन्तै शुलभ शुल्कमा काभ्रेजी जनताहरुलाई सेवा दिन सकिन्छ वा दिनु पर्छ भन्ने मान्यताले यो संस्थको स्थापना गरिएको हो । यस बनेपा हेल्थ केयरको हाल सम्मको कार्य प्रगती हेर्दा यहाँका हजारौं जना बिरामीहरुले बिश्वास गर्नु भएको छ र त्यहि विश्वास लाई कायम राख्दै हामीले एउटा अलग स्थान सहित हाम्रो स्तरियता लाई कायम राखेका छौं ।
० फिजियोथेरापी, होल बडी जाँच र अन्य चेकअपहरुलाई किन प्रथमिकता दिनु भएको हो ?
हामीकहाँ रोगले च्यापे पछि मात्र अस्पताल धाउने परिपाटी छ, जसले गर्दा एकातिर स्वास्थ्यमै पनि प्रतिकुल स्थिती श्रृजना भई सकेको हुन्छ भने अर्को तिर पैसाको नास पनि हुन पुग्दछ । अतः त्यस्तो हुन न दिन बेलैमा आफ्नो स्वास्थ्य प्रति सजग बनी स्वस्थ जिवन यापन गरौं भन्ने मान्यतालाई स्थापित गराउन हामीले होल बडी चेक जाँचको प्याकेज ल्याएका छौं । सामान्य शूल्कका प्याकेजहरु झण्डै ५० प्रतिशत छुट सहित हामीले उपलव्ध गराउँछौं । यसका अतिरिक्त फिजियोथेरापी बिरामीलाई मात्र हैन, गृहणी र ४० वर्ष उमेर काटेका सबैका लागि जरुरी छ, जसले पछि सम्म फूर्तिलो जिवन यापन गर्न मद्दत मिलोस भन्ने उद्देश्यले हामीले एक किसिमको एवार्नेस प्रोग्रामको रुपमा पनि यी दुई सेवालाई प्रवद्र्धन गरि रहेका छौं ।
० बिरामीले किन बनेपा हेल्थ केयर नै रोज्नु पर्ने ?
हाम्रा प्रतिवद्धता अनुरुपका सेवा नै बिरामीले हामीलाई रोज्नु पर्ने आधारहरु हुन ।
० अन्य अस्पताल र क्लिनिकहरुको तुलनामा तपाईंको हेल्थ केयरको शूल्क कस्तो छ ?
हामीले प्रदान गर्ने बिशेषज्ञ सेवाका लागि तिनै डाक्टरको लागि काठमाण्डौंमा जचाउँदा हाम्रो भन्दा झण्डै २०० रुपियँ बढी तिर्नु पर्छ । हाम्रो ल्यावमा हुने जाँचका लागि अन्य ल्याव वा अस्पतालमा हुने जाँच शुल्क झण्डै २५ प्रतिशत कम शुल्क तिर्नु पर्छ, यी त उदाहरण हरु मात्र भए । समग्रमा भन्नु पर्दा समान स्तरका अन्य संस्थाहरु भन्दा हाम्रा शुल्कहरु अत्यन्तै शुलभ छन ।
० अहिलेको सन्दर्भमा बिभिन्न रोगहरु देखा परेका छन् , त्यस्ता रोगहरुको उपचार तपाईंकोमा कसरी हुने गरेको छ ?
कुनै पनि रोग लागि सके पछि उपचार गराउनु भन्दा लाग्न नदिनु नै बेस भन्ने मान्यतालाई आत्मसाथ गर्दै समाजका हरेक वर्गले सजिलै प्राप्त गर्न सक्ने शुल्कमा हामीले उपलव्ध गराई रहेको होल बडी जाँच प्याकेज मार्फत सम्बन्धित चिकित्सको परिक्षण सेवा मार्फत हामीले सबै खाले रोगहरुको पहिचान र उपचार सेवा उपलव्ध गराई रहेका छौं ।
० नेपाली परिप्रेक्ष्यमा अहिले बढि मात्रामा देखिने समस्या प्रेसर र सुगरको छ, यसलाई के कसरी उपचार गरी रहनु भएको छ र यसको नियन्त्रणका लागि के कस्ता बिधिहरु छन ?
अव्यवस्थित खान पान र उचित ब्यायमको कमी मूख्य कारक रहेको प्रेसर र सूगर जस्ता समस्याको समाधानका लागि हामीले काठमाण्डौंका बिभिन्न नाम चलेका अस्पतालहरुमा कार्यरत इन्डोक्राइनोलोजिष्ट डाक्टरको सेवा उपलव्ध गराउँदै आएका छौं । भोजन विशेषज्ञ र फिजियोथेरापिष्टको सल्लाहमा उचित आहार र व्यायमको सल्लाह दिई रहेका छौं भने रोग र समस्याको पहिचान र निदानका लागि अत्याधुनिक प्रयोगशालाको सेवा उपलव्ध गराई रहेका छौं ।
० बिभिन्न क्लिनिक र अस्पतालहरु शहरी क्षेत्रमा मात्र केन्द्रीत छन् गाऊँ तिर यसको आवश्यकता नभएको हो र ?
हाम्रो जस्तो संस्था सेवामुखी ब्यापार पनि हो । तपाईंले भने जस्तै सहरमा भन्दा ग्रामिण क्षेत्रमा यसको आवश्यकता बढी छ, तर श्रोत तथा साधनको कमी, स्तरिय विशेषज्ञ डाक्टर नियमित रुपमा उपस्थित हुन नसक्ने लगायतका समस्याहरुले गर्दा हामी सहर केन्द्रीत हुनै पर्छ, यो हाम्रो वाध्यता पनि हो । तर पनी हामी हाम्रो दायित्व भन्द पर गएका छैनौं, त्यसैले त बनेपा आसपासका ३ वटा गाऊँ पलिकाहरुमा हामीले स्थानिय सँग आवद्ध भई स्याटलाईट क्लिनिकहरु सञ्चालन गरि सकेका छौं भने अरु ५ वटा गाऊँहरुमा छिट्टैनै हाम्रो सेवा बिस्तार पनि हुँदैछ ।
० तपाईंले नेपालकै ख्याती प्राप्त डाक्टरको सेवा पाऊँदा तपाईंकहाँ आउने बिरामीहरुको प्रतिकृया कस्तो पाउनु भएको छ ?
स्थापनाको छोटो समयमा हामीले हजारौं जनतालाई सेवा दिई सकेका छौं, यो क्रम दैनिक रुपमा बढ्दो छ । वास्ताबमा सेवा ग्राहीको हामी प्रतिको विश्वासले त हो नी यो सबै । त्यसैले वहाँहरुको यो प्रतिकृया र विश्वासले हामी अझै उत्साहीत भएका छौं ।
० तपाईंका भावी योजनाहरु के छन् ?
बुँदागत रुपमा भन्नु पर्दा सबै भन्दा पहिले हामीले काठमाण्डौंका रेफरल ल्याव सरहका सूविधा सहित पछिल्लो पुस्ताका उपकरण जडित ल्याव सेवा उपलव्ध चाँडै नै शुरु गर्दै छौं । जस मार्फत थाइराइड जाँचको रिपोर्ट केवल साढे दुई घण्टामै उपलव्ध गराउने छौं ।
दोश्रो भनेको हाम्रो सेवा बिस्तार नै हो । समाजका प्रत्यक तह र तप्काका जनता, व्यावसायी, जागिरे, गृहणी तथा बिद्यार्थीहरुका लागि बिभिन्न किसिमका प्याकेजहरु चाँडैनै लञ्च हुँदै छन्, जस मार्फत झण्डै नेपालमै पहिलो पटक सेवाग्राहीले यस किसिमका सेवाहरु हामीमार्फत पाउनु हुने छ ।
तेश्रो भनेको बनेपा बजारलाई केन्द्र बिन्दु मानी यसका चारै तिरका गाऊँहरुमा स्याटलाईट क्लिनिकहरु सञ्चालन गरिने छ, जहाँ बाट स्थानियले बनेपा हेल्थकेयरका सेवा सरहका सेवहरु प्राप्त गर्न सक्नु हुनेछ ।
चौथो भनेको Doctor on Call, Physiotherapy on Call, Pathology on Call तथा नियमित सेवाग्राहीका लागि Medicine on Call जस्ता प्रविधीमैत्री सेवाहरु सञ्चालन गर्दै छौं ।
० आपाङ्ग, तथा बृद्ध बृद्धा लाई के कस्ता सुविधाहरु दिनु भएको छ ?
हामीकहाँ आउनु हुने अपाङ्ग तथा ६५ वर्ष माथीका जेष्ठ नागरिकहरुलाई प्याथोलोजि जाँचमा ५० प्रतिशत छुट लगायतका सुविधाहरु हामीले उपलव्ध गराउँदै आई रहेका छौं ।
० अन्त्यमा केही ?
बनेपा हेल्थ केयर प्रति देखाउनु भएको अगाध माया र बिश्वासका लागि धन्यवाद दिँदै थप सेवा र सुधारका लागि हामीलाई सल्लाह र सूझाव दिनु होला भन्ने अनुरोध सहित हामीलाई काभ्रेली जनतासँग अझ नजिक हुन मद्दत गरी दिनु भएकोमा तपाई अनि तपाईको टिमप्रति पनि आभार व्यक्त गर्न चाहन्छु ।
साभारः सातमूल खबर साप्ताहिक ।