26 Feb 2021, 5:51 AM (GMT)

Coronavirus Stats Nepal

273,872 Total Cases
2,685 Death Cases
270,223 Recovered Cases

पाँचखालमा अरनिको राजमार्ग र वि.पी राजमार्ग सडक निर्माण

काभ्रे । बुधबार काभ्रेको पाँचखाल नगरपालिका खर्केटारबाट नमोबुद्ध नगरपालिकाको बुच्चाकोट जोड्ने सडकको प्रदेश सांसद लक्ष्मण लम्सालले उद्घघाटन गरेका छन् ।
लम्सालले दुई वटा नगर जोड्ने सडक करिब ६ किलोमिटर लम्बाइको सडक निर्माणका लागि उनले संसद विकास कोषवाट ६५ लाख रुपैया विनियोजना गरी सडक निमार्णको कार्य अघि बढाएका छन् । अरनीको राजमार्ग र वि.पी राजमार्ग जोड्दा पाँचखाल बासी र नामोबुद्धका बासिन्दाहरुलाई व्यापारीक तथा अन्य बिकास गर्नका लागि टेवा पुग्ने र पाँचखाल नपाको सबैभन्दा पिछडिएको बडाको रुपमा रहेको बडा नं १२ का जनताको आयस्रोत माथि उठाउन महत्वपुर्ण भुमिका खेल्ने सो सडक निर्माणपछि त्यहाँका जनताको आयस्रोतमा बृद्धि हुने आशा आफूले लिएको सांसद लम्सालले बताए । उनले पाँचखाल नगरपालिका भित्र बसोबास गर्ने बासिन्दाको हक हितको लागी नगरमा रिङ रोडको निमार्ण गर्ने बताए ।

उक्त सडकमा ढल सुविधासँगै आवश्यक रहेका पूर्वाधारको विकास गरिने र सडकमा ८ सय १५ मिटरसम्म ढल राखिने, ४ किलोमिटर ग्राभेल र बाँकी कटिङ गरिने योजना रहेको बताए ।कार्यक्रममा नेकपाका नेता रविन्द्र सिपखान, भक्तकुमारी लामा, वडाअध्यक्ष गोपालबहादुर दनुवार, स्थानीय युवा पुरुषोत्तम आचार्य, सडक समितिको अध्यक्ष बिष्णुबहादुर शाही, गणेशबहादुर शाही, जयबहादुर शाही, भक्तबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: