28 Oct 2020, 2:39 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

ताप्लेजुङमा हेलिकप्टर दुर्घटना, पर्यटन मन्त्रीसहित सात जनाको मृत्यु

काठमाडौं । बुधबार ताप्लेजुङमा पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
पाथिभरा मन्दिर नजिकै ताप्लेजुङको फुङलिङस्थित सिस्ने खोला सिरान दारे भीरमा दुर्घटना भएका हो । हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा ६ वटा शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएको विमानस्थल स्रोतले बताएको छ भने चुहान डाँडा नजिकै ठूलो आवाज सहित धुँवाको मुस्लो देखिएको स्थानीयले बताएको छ ।
उक्त हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी, यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरण कै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे सवार भएको हेलिकप्टर पाइलट प्रभाकर केसी रहेका छन् ।
स्थानीयका अनुसार हेलिकप्टर टुक्रा–टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा देखेको बताए । पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा नै सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको थियो ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: