23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

काभ्रेमा भारी हिमपात

काभ्रे । बनेपा लगाएत आसपासका क्षेत्रहरुमा बिहीबार विहान भारी हिमपात भएको छ । काभ्रे जिल्लाको बनेपा, धुलिखेल, ढुङखर्क, कुशादेवीको लगायतका क्षेत्रमा १२ बर्षपछि हिमपात भएको हो ।

?

काभ्रेको दक्षिणी भेगसँगै पश्चिमी उत्तरी भेगका गाँउहरुमा समेत बाक्लो हिमपात भएको छ । काभ्रेको उच्च भागहरुमा हिमपात भएको हो । यो बर्ष एक दशकमै उच्च हिमपात ढुंखर्कमा भएको छ । काभ्रेको मण्डनदेउपुरमा पर्ने नगरकोटामा बाक्लो हिमपात भएको छ ।

आन्तरिक पर्यटकहरु हिउ खेल्नकै लागि बनेपा तथा आसपासका क्षेत्रहरुमा आईरहेका छन् । दुई दिनदेखि लगातार परेको वर्षासँगै काभ्रेको विभिन्न उच्च भेगमा हिमपात भएसँगै जनजीवन भने कष्टकर बनेको छ । बर्षा र हिमपातले जनजीवनमा प्रभाव परेको छ । ग्रामीणभेगमा चिसोका कारण सर्वसाधारणको दैनिकीमा असर परिरहेको छ । भारी वर्षासँगै ग्रामिण भेगका कतिपय स्थानमा यातायात ठप्प भएका छन् ।

भुकम्पले घर लडाएका भुकम्प पिडित जेष्ठ नागरिक तथा बालबालिकाहरु हिमपात र अविरल बर्षादले जाडो बढेर समस्यामा परेका छन् । जस्ताले बेरेर बनाएको टहरोमा बस्ने धेरै भुकम्प पिडितहरु जाडोले समस्यामा परेका हुन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: