काभ्रेमा छुट तथा पुनः जाँच सर्वेक्षणको प्रशिक्षण सम्पन्न

काभ्रे । भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि आयोजित ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धुलिखेलमा उद्घाटन गर्नुभएको थियो ।

आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा नपरेको भनी दर्ता भएका गुनासोहरुको छुट तथा पुनः जाँच सर्वेक्षणका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको हो ।

गुनासो दर्ता गराएका व्यक्तिहरुको घर भत्किएको भनिएको स्थानमै गएर अन्तिम पटक सर्वेक्षण हुन लागेको हो भने यसपटक स्थानीय तहका जनप्रतिनिधिहरुको सिफारिसमा मात्र सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ । वडास्तरमा रहेको गुनासो सुनवाई समितिले सिफारिस गरी सम्बन्धित पालिकाले प्रमाणित गरेपछि उक्त गुनासोको सर्वेक्षण हुनेछ ।

यसअघि, २०७४ साउनदेखि कार्तिकसम्म अति प्रभावित १४ जिल्लामा यसप्रकारको सर्वेक्षण गरिएको थियो । प्रभावित १८ जिल्लामा भने पहिलोपटक हुँदैछ ।

यो प्रशिक्षण कार्यक्रम २ दिनसम्म चलेका थियो । आज र भोलि सबै जिल्लाका कम्प्युटर अपरेटर र एमआईएस विज्ञहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सागर भण्डारीको “जिवनको गोरेटोमा” बजारमा

काभ्रे । नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जिवनको गारेटोमा” आम दर्शकमाझ आएको ...

Translate »