26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

काभ्रेममा सुरक्षण मुद्रण स्थापना हुँदै

काभ्रे । सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रे महोत्सवमा काभ्रेको आईटी पार्कमा सेक्युरेटी प्रिन्टिङ्ग स्थापना हुने जानकारी दिएका थिए ।
सोही जानकारी अनुसार अबको केही वर्षमै काभ्रेमा आईटि पार्कमै सुविधा सम्पन्न सेक्युरिटी प्रेसको स्थापना हुने भएको छ । नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुरक्षण प्रेस तथा नेपालको आफ्नै स्याटलाईटको विषयलाई समावेश गरेको गरिएको छ । सो सेक्युरेटी प्रिन्टिङ्गको प्रेस स्थापना गर्न प्राविधिक तथा आर्थिक सहयोग फ्रान्स सरकारले गर्ने भएको सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गर्दै फ्रान्स भ्रमणको क्रममा नेपालमा सुरक्षण मुद्रण स्थापना गर्ने सहमती भएसँगै काभ्रेको आईटी पार्कमा प्रेस स्थापना हुन लागिएको हो । नेपालमा सुरक्षण मुद्रण स्थापना र आफ्नै स्याटलाईट सञ्चालन गर्नका लागि प्राविधिक लगायतको सहयोग उपलब्ध गराउने बारे मन्त्रीस्तरीय आशयपत्रमा हस्ताक्षर भएको मन्त्री बाँस्कोटाले जनाएको छ ।
फ्रान्सको औपचारिक भ्रमणपश्चात मन्त्री बाँस्कोटाले नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इन ग्रुप बीच सुरक्षण मुद्रण स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । सुरक्षण मुद्रण र स्याटेलाइट स्थापनाको दुवै परियोजना तीन महिनाभित्र सम्झौता गरी कार्यान्वयन चरणमा लैजाने समझदारीमा उल्लेख गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: