26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित लोक दोहोरी गायिका गीतादेवी र विवेक चौलागाईको स्वरमा रहेको उक्त गीतलाई डि.ए.आर मुभिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
नारायण दंगालको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको उक्त लोक दोहोरी गीतमा संगीत तथा शब्द गायक विवेक चौलागाई स्वयंको रहेको छ । गीतको म्युजिक भिडियोमा नृत्य निर्देशन सन्जिव ठकुरिले गरेका छन् भने गीतमा संजिव ठकुरी स्वयं र आयुषमा कार्कीलाई देख्न सकिने छ । क्यामेराम्यान टंक के.सी, ग्राफर विशेष मर्हजन, मेकअप रेखा के.सी, रहेको उक्त गीतमा कला राजाराम गौतमको रहेको छ ।
यो गीतसँगै डि.ए.आर मुभिजले नारायण दंगालकै प्रस्तुतीमा अलग तर वास्तविक कथामा आधारित नयाँ गीत “जालमा फसायौ” बजारमा ल्याउने तयारी गरिरहेको निर्देशक प्रभावन जे ले जानकारी दिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: