विगत २५ वर्षदेखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागीरहेका चर्चित युवा गायक सुरज कुमार थापाको फरक धारको नयाँ तथा रमाईलो “नाचन नाचन” बोलको गीत सार्वजनिक भएको छ ।
सन्तोष बस्नेतको प्रस्तुती तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरजकुमार थापा रहेका छन् । नेपाली लोक तथा आधुनिक वाद्य यन्त्रहरुको कुशल संयोजनमा तयार पारिएको यस गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक महर्जन र रेर्कडिङ शम्भु कुमार तण्डुकारले गरेका छन् ।
प्रज्ञा एच.डी. रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको उक्त रमाईलो गीतको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन अमृत शाहि ठकुरीले गरेका छन् भने कलाकारहरुमा स्वयं अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्नेत, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ भने जि.ए.फेथ. डि. एम. क्रियशनको नृत्य प्रस्तुती रहेको छ भने सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन गरेको यस भिडियोलाई चर्चित सम्पादक विकाश ज्ञवालीले सम्पादन गरेका छन् । नृत्य निर्देशक रे ज्याक खड्का, सहायक निर्देशन निरजन महत र मेक अप अनिता ग्वाचाको रहेको छ ।
हाल सम्म अमेरिका, अस्टे«लिया, युरोप, जापान, दक्षिण कोरिया, ईजरायल, दुबई, सिंगापुर, हङकङ, चिन, भारत र स्वदेशमा थुप्रै पटक आफ्नो सांगीतिक प्रस्तुति दिईसकेका गायक थापाले यस रमाईलो “नाचन नाचन” गीत तथा म्युजिक भिडियो मार्फत आम दर्शक तथा श्रोतालाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने कोशिस गरेका छन् ।
