कन्टेनरले ठक्कर दिँदा एकको मृत्यु

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नपा १४ भैंसेपाटीमा कन्टेनरले ठक्कर दिँदा बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ४७३५ नम्बरको कन्टेनरले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार चाँगुनारायण नपा २ बस्ने वर्ष ४७ की जुना केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक घाइते भएका छन् भने घाइते चालकको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको काभ्रेका डिएसपी दीपक गिरीले बताएका छन् । मृतक केसी मोटरसाइकल चालकका श्रीमती रहेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »