कालीप्रसाद पाण्डे
भूमिका
हाम्रो देशको परिपेक्क्षमा गोलभेडा,भन्टा, भेडे खुर्सानी, पीरो खुर्सानी र रामतोरिया धेरै महत्वपूर्ण तरकारी मानिएको छ । यी दुबै तरकारी खेती यत्रतत्र प्राय सबै कृषकहरुले घरकोलागी मात्र भने पनि खेती गरेको पाईन्छ । यी तरकारीहरुले व्यबसायीक रुपमा खेती गर्ने कृषकहरुको आय आर्जनमा निकै ठुलो टेवा दिएको देखिन्छ । व्यबसायीक कृषकको लागी भन्टा भन्दा पनि बढ िमहत्वकांक्षा गोलभेडाको छ कीनभने यो खेती यस्का बिभिन्न जातीय गुण अनुसार झण्डै बाह्ै महिना गर्न सकिन्छ ।
(क) गोलभेडा खेतीः–
गोलभेडा लाई अंग्रेजीमा टोम्याटो अथवा टमाटर भन्ने प्रचलन छ । यस्को सर्ब प्रथम पेरु र मेक्सीको बाट उत्पत्ती भै संसार भरमा फैलिएको मानिन्छ । बिषेश गरी यो बाली गर्मी महिनामा गरिन्छ । गोलभेडाको फलमा ३ किसिमको रङ्ग देखिन्छ । रातो रङ्ग ( लाईकोपिन पिग्मेन्टको उपस्थितीले गर्दा) पहेंलो रङ्ग (क्यारोटिनाईड पिग्मेन्टले गर्दा) ट ेन्जारिन रङ्ग (प्रोलाईकोपिन पिग्मेन्टले गर्दा) हुन्छ ।
यदि गोलभेडाको खेती १० डिग्राी सेल्सियस भन्दा कम तापाक्रममा गरिएको छ भने गोलभेडाको रातो अथवा पहेंलो रङ्ग हुदैन । १० देखि २५ डिग्री सेल्सियस सम्म रातो र पहेंलो रङ्गको बिकास हुन जान्छ । यदि ४० डिग्री भन्दा बढी तापाक्रम भयो भने लाईकोपिन नोक्सान भएर जान्छ ।
नेपालमा प्रचलित उन्नत जातहरुः– १. पुसारुबी, २. रोमा, ३. मनप्रेकस्, ४. सि.यल. ११३१, ५.पुसा अर्ली ड्वार्फ ।
१.पुसारुबीः– यो अगौटे जात हो । यसको फल अलि च्याप्टो आकारको र फलको सतहमा डांडा खोल्सा परेको हुन्छ । फलको रङ्ग रातो हुन्छ । ज्यादै राम्रो उत्पादन हुन्छ । नेपालको कुनै पनि ठाउंमा यो जातको खेती गर्न सकिन्छ ।
२. रोमाः– अति अगौटे जात हो । फलको आकार लाम्चो हुन्छ । फलको रङ्ग रातो हुन्छ । बोटमा धेरै फल लाग्दछ ।
३. मन् प्रेकस्ः– मध्ये याममा पाक्दछ । फलको आकार गोलो र सतह चम्किने हुन्छ । फल एकनाश संग पाक्दछ । फलको रङ्ग रातो हुन्छ । फलको स्वाद अलिकत अमिलो खाल्को हुन्छ ।
४. सि.यलः– यो जात हिउंद बर्षा दुबै मौसममा गर्न सकिन्छ । फल मझौला खाल्को अति राम्रो हुन्छ । कृषकहरुको आम्दानीको लागी यो जात ज्यादै राम्रो मानिएको छ ।
५. पुसा अर्लि ड्वार्फः– यो जात अति अगौटे हो । फलको आकार चप्टो तथा गोलो हुन्छ । स्वाद अलि अमिलो हुन्छ । यो तराई तथा पहाडको लागी उपयूक्त हुन्छ ।
बेर्ना उत्पादनः–
६ इन्च अग्लो भएको एक मीटर चौडा व्याड तयार गर्नु पर्दछ । एक रोपनी क्षेत्रफलमा गोलभेडा खेती गर्नको लागी१ मिटर चौडा र २ मीटर लम्वाई भएको व्याड प्रयाप्त हुन्छ । बीउ लगाउंदा एक लाइन् देखि अर्को लाइनको दुरी ४।५ इन्च र बीउ रोप्ने गहिराई आधा इन्च जती हुनु पर्दछ । व्याडमा बीउ रोपी सकेपछि सुकेको खर वा परालले छापो दिनु पर्दछ । व्याडमा हलुका संग सिचाइको व्यबस्था गर्नु पर्दछ । बीउ टुसाउना साथ छोपिएको पराल वा खर सावधानी पूर्बक हटाउनु पर्दछ । बिरुवा जरख–याउनको लागी २।३ पाते अबस्थामा अर्को व्याडमा लगी सार्नु पर्दछ । करिव ४।५ हप्ताका बेर्नाहरु सार्ने बेलाका हुन्छन् ।
जमिनको तयारी तथा मलखादको प्रयोगः–
गोलभेडा लगाउने जग्गा २।३ पटक रम्ररी खनजोत गर्ने र प्रति रोपनी क्षेत्रफलको लागी राम्ररी पाकेको कम्पोष्ट मल ४०।५० डोको, नाईट्रेजन मल ५ के.जी, फस्फोरस मल ३ के.जी र पोटास मल ४ के.जी हाल्नु पर्दछ । नाईट्रेजनको आधा भाग तथा फस्फोरस र पोटासको पुरा मात्रा जग्गा तयार गर्ने बेलामा हाल्ने र बांकी आधा भाग नाईट्रेजन पछि टप ड्र््र्ेसिङ्गको लाथी राख्नु पर्दछ ।
बेर्ना रोप्ने समयः– उच्च पहाडको लागी बैशाख जेष्ठ, मध्ये पहाडको लागी चैत्र बैशाख , तल्लो पहाडको लागी फाल्गुण चैत्र र तराईको लागी कार्तिक मंसिर महिना उपयूक्त हुन्छ ।
बीउ दर प्रति रोपनीः– राम्रो खाल्को बीउ २०।२५ ग्राम प्रयाप्त हुन्छ ।
बेर्ना रोप्ने दुरीः– एक लाइन बाट अर्को लाइनको दुरी २ फिट र एक बोट देखि अर्को बोटको दुरी १.५ देखि २ फिट सम्म राख्न सकिन्छ । बेर्नाको हकमा १३०० देखि १५०० सम्म प्रति रोपनी लाग्दछ ।
सिचाई र गोडमेलः– गोलभेडाकोे लागी कति मात्रामा सिचाईको जरुरत पर्दछ भन्ने कुरा जमिनको चिस्यानमा भर पर्दछ । सुख्खा मौसममा प्रत्येक पटक नाईट्रेजनयूक्त मल दिए पछि सिचाई गर्नु आबश्यक हुन्छ भने बर्षे बालीको लागी निकासको राम्रो व्यबस्था गर्नु पर्दछ ।
बेजातको छनोटः– मुल बीउ तथा उन्नत बीउ उत्पादन गर्नको लागी बेजातको बोटहरु छानेर हटाउनुपर्दछ । पहिलो छनोट कार्य फुल फुल्नु भन्दा अगाडी र यसपछि फल लाग्ने बेलामा तथा फल तयार भै नपाके सम्मको लागी बेजातको बोट हटाउनु पर्दछ ।
पृथकता दुरीः– गोलभेडा स्वयम सेचन हुने तरकारी बाली भएता पनि एक जातको बीउ उत्पादन क्षेत्र बाट अर्को जातको बीउ तथा बाली उत्पादन बाट मुल बीउ उत्पादनको लागी ५० मिटर र उन्नत बीउ उत्पादनको लागी २५ मिटरको दुरी हुन आबश्यक हुन्छ ।
उत्पादनः– जात अनुसार ताजा तरकारी प्रति रोपनी १००० देखि १५०० के.जी सम्म र बीउको हकमा प्रति रोपनी ५–६ के.जी उत्पादन गर्न सकिन्छ ।
(ख) भन्टा खेतीः–
नेपालमा पाइने प्रचलित जातहरुमा १. पुसा पर्पल लङ्ग २. नुर्की, ३. पुसा क्रान्ती, ४.पुसा ल्कस्टर, ५. सर्लाही ग्रीन ।
१. पुसा पर्पल लङ्गः–
यो अगौटे जात हो । करिव ५०।६० दिनमा यस्को फल टीप्नको लागी तयारी हुन्छ । यस्को पात र डांठमा कांडा हुंदैन । पातको कीनारा अलि अलि काटिएको हुन्छ । फलको रङ्ग प्याजी र लाम्चो आकारको हुन्छ
२. नुर्कीः–
यो जात मध्य याममा तयार हुन्छ । पात, डांठ र फलको रङ्ग गाढा प्याजी हुन्छ । फलको टुप्पोतीर अलि फुकेको हुन्छ । फलको आकार लाम्चो हुन्छ ।
३. पुसा क्रान्तीः–
यो अगौटे जात हो । पात र डांठको रङ्ग हरियो हुन्छ । फलको रङ्ग गाढा प्याजी हुन्छ । फलको आकार लाम्चो हुन्छ ।
४. पुसा ल्कस्टरः–
यो मध्यम याममा हुने जात हो । यस्को पातको तल्लो सतहमा कांडाहरु हुन्छन् । फलको रङ्ग प्याजीनैहुन्छ । फलहरु झुप्पामा फल्दछन् । फल सानो हुन्छ र करिव ३।४ इन्च मात्र लामो हुन्छ ।
५. सर्लाही ग्रीनः–
यो पछौटे जात हो । यस्को फल पाक्नको लागी ८०।९० दिन लाग्दछ । यस्को फल , पात र डांठ हल्का हरियो रङ्गको हुन्छ । फलहरु ज्यादै ठुला ठुला हुन्छन् । यस्को बोट पनि अरु जातको तुलनामा ज्यादै अग्लो हुन्छ ।
जग्गाको तयारी तथा मलखादको प्रयोगः–
भन्टा लगाउने ठाउंको जग्गा २।३ पटक खनजोत गरी प्रति रोपनी क्षेत्रफलको लागी ४०।५० डोको राम्ररी पाकेको कम्पोष्ट मल , नाईट्रेजन ३ के.जी, फस्फोरस २ के.जी र पोटास २ के.जी राख्नु पर्दछ । नाईट्रेजन मलको हकमा जग्गा तयार गर्ने बेलामा आधा भाग मात्र हाल्नु पर्ने हुन्छ ।
बीउ दर प्रति रोपनीः– २५।३० ग्राम ।
एक मिटर चौडा तथा ४ मीटर लम्वाई भएको व्याडमा उमारिएको बेर्नाले एक रोपनी क्षेत्रफलको लागी प्रयाप्त हुन्छ । अनि ४।५ हप्ता उमेर भएको बृर्नाहरु सार्ने लायकका हुन जान्छन् ।
बेजातको छनोटः– पहिलो छनोट कार्य फुल फुल्नु अगाडी, दोश्रो छनोट फल लाग्ने बेलामा गर्नु पर्दछ ।
पृथकता दुरीः–भन्टा केहि हद सम्म पर सेचन क्रृया हुने तरकारी बाली भएको हुनाले एक जातको भन्टा खेती बाट अर्को जातको भन्टा खेतीको दुरी मुल बीउ उत्पादनको लागी ५०० मीटर र उन्नत बीउ उत्पादनको लागी ४०० मीटरको दुरी हुनु आबश्यक हुन्छ ।
लगाउने दुरीः–
अग्लो जातको लागी एक लाइन देखि अर्कोए लाइनको दुरी २.५ फिट र एक बोट देखि अर्को बोटको दुरी १.५ फिट फरकमा लगाउनु पर्दछ । म्ध्यम तथा होचा जातको लागी २ फिट र १.५ को फरक मा बेर्ना सार्ने काम गर्नु पर्ने हुन्छ ।
उत्पादनः– ताजा तरकारीको रुपमा १५०० देखि २००० के.जी प्रति रोपनी हुन्छ भने बीउको रुपमा ५–६ के.जी प्रति रोपनी उत्पादन लीन सकिन्छ ।
(ग) भेडे खुर्सानीः– ( क्यालीफोर्निया वण्डर )
पृथकता दुरीः–मुल बीउ उत्पादनको लागी पृथकता दुरी ५०० मिटर र उन्नत बीउ उत्पादनको लागी ४०० मीटर ।
मलखादको प्रयोगः– एक रोपनी क्षेत्रफलको लागी १२०० देखि १५०० कके.जी राम्ररी पाकेको कम्पोष्ट मल, १५ के.जी कम्ल्पेसल, ३ के.जी पोटास र ४ के.जी यूरियाको आबश्यक पर्दछ ।
बीउ दर प्रति रोपनीः– उमारशक्तीको आधारमा प्रति रोपनी क्षेत्रफलको लागी ५० देखि ७५ ग्राम सम्म बीउको आबश्यकता पर्दछ । एक रोपनीको क्षेत्रको लागी २००० देखि २५ बेर्नाको आबश्यकता पर्ने हुन्छ ।
यस्को बेर्ना तयार हुनको लागी झण्डै दुई महिना लाग्ने हुन्छ ।
बिरुवा रोप्ने दुरीः–एक बोट बाट अर्को बोटको दुरी ३० से.मी र एक लाईन बाट अर्को लाईनको दुरी ६० से.मीको फरकमा लगाउनु पर्दछ ।
रोप्ने समयः– तराई क्षेत्रको लागी भाद्र । अशोजमा बेर्ना सारेर पुष माघमा बीउ उत्पादन हुन जान्छ । मध्य पहाडी क्षेत्रमा माघ फाल्गुणमा बेर्ना सारेर बैशाख जेष्ट महिना तीर बीउ को उत्पादन लीन सकिन्छ । उच्च पहाडको लाष्गी भने बेर्ना चैत्र बैशाखमा रोप्नु पर्ने हुन्छ अनि श्रावण भाद्र महिनामा बीउ प्राप्त गर्नसकिन्छ ।
बोटको छनोट तथा निरिक्षण कार्यः– फुल फुल्नु भन्दा अगाडी, फुल फुली सकेपछि फल लाग्न शुरु भएपछि त्यसपछि फल पाकेपछि फलको आकार तौल र रङ्गको आधारमा छनौट गर्नु पर्दछ ।
बीउ उत्पादनः– ४।५ के.जी प्रति रोपनी हुन सक्दछ । बीउ निकाल्दा पाकेको फल टिप्नासाथ काटेर बीउ निकाल्ने र पानीले पखाली सुख्खा ठाउंमा सुर्यको प्रकाश सोझै नपर्ने गरी सुकाउनु पर्दछ ।
(घ) खुर्सानीः– ( काठमाण्डौ स्थानिय, पुसा ज्वाला, यात्सुफुसा, सूर्यमुखी आदि )
पृथकता दुरी भेडे खुर्सानीको जस्तै हो ।
बीउ दरः– प्रति रोपनी क्षेत्रफलको लागी ४०।५० ग्राम तथा बेर्ना ३००० जतिको आबश्यक पर्ने हुन्छ ।
मलखादकोः–भेडे खुर्सानीमा जस्तै हो ।
लगाउने दुरीः– एक बोठट देखि अर्को बोटको दुरी २० से.मी र एक लाइन देखि अर्को लाईनको दुरी ६० से.मी हुनु पर्दछ ।
बोटको छनोट र निरिक्षणः– भेडे खुर्सानीको जस्तै हो ।
बीउ उत्पादनः– १० के.जी सम्म उत्पादन हुन सक्दछ ।
(ङ)रामतोरीयाः– ( पुसा सावनी, क्लेम्सन स्पाईनलेस, स्थानिय )
पृथकता दुरीः– भेडे खुर्सानीको जस्तै हो ।
बीउ दरः– प्रति रोपनी ७५० ग्राम ।
मलखादः– भेडे खुर्सानीको जस्तै हो ।
लगाउने दुरीः– एक बोट देखि अर्को बोटको दुरी ४५ से.मी र एक लाईन देखि अर्को लाईनको दुरी ६० से.मी हुनु पर्दछ । बीउ रोपण गर्नु भन्दा १ दिन अगाडी पानीमा भिजाई २।३ से.मी सम्म गहिरो पर्ने गरी रोप्नाले राम्रो हुन्छ ।
बोटको छनोट र निरिक्षणः– भेडे खुर्सानीको जस्तै हो ।
बीउ उत्पादन ः– ४०।५० के.जी प्रति रोपनी बीउको उत्पादन लीन सकिन्छ । बीउ रोपेको करिब ७०।७४ दिनमा कोसाहरु टिप्ने लायकका हुन्छन् । समयमा बाली नभित्राईएमा कोसाहरु फुटी बीउ नोक्सानी हुन जान्छ ।