– कालीप्रसाद पाण्डे
आलु एक तरकारीको रुपमा लीईने बाली हो । यसमा पाईने पौष्टीकको दृष्टीकोणले आलु एक उत्तम खाद्य पदार्थमा पनि गनिन्छ । यसमा उपलव्ध हुन सक्न कार्बोहाईडे«ट प्रोटीन तथा खनिज पदार्थले गर्दा खाद्यान्नको अभावमा यस्को निकै ठुलो महत्व हुन आउंछ । अर्को अर्थमा भन्नु पर्दा आलु एक सबै तरकारीको राजा हो । किनभने जुनसुकै तरकारीमा पनि यो सजिलै मिल्न सक्दछ र स्वाउंछ पनि । आलु हिमाली भेगका मानिसहरुको लागी खाद्यान्नको बदलामा प्रयोग गरेको पाईन्छ । यसको अलावा यस्ता स्थानहरुमा आलुकै दाल र आलुकै अचार बनाई खाने पनि त्यतिकै चलन देखिन्छ । नेपाल भौगोलिक धरातलिय एबम् जलबायूको प्रचुर बिबिधताको र बिकटताको देश भएको हुनाले अधिकतम् कृषक संख्यामा न्यूनतमे भू–स्वमित्व, अर्ध बेरोजगार तथा बेरोजगार महिलाहरुको बाहुल्यता भएकोले उक्त जनशक्तीलाई परिचालन गर्नको लागी बिद्यमान गुणस्तर यूक्त बीउ आलुको अभावलाई परिपूर्ति गर्न बियां बाट आलु खेती गरी कम भन्दा कम लगानी गर्ने र उत्पादकत्वमा बृद्धि ल्याउन सकिएको खण्डमा कृषि क्षेत्रको बिकासमा ठुलो सेवा टेवा मिल्न सक्ने देखिन्छ ।
आलुको बियाँ भनेको के हो ?
आलुको बोटमा फुल लागेर गोलभेडा जस्तो फल फल्दछ र यी नै फल भित्र भएका बियाँहरु नै खास आलुको बीउ तथा बियाँ हुन् । यी बियाँहरु लाई सावधानी संग उपयोग गरेर आलु खेती व्यबसायीक स्तरमा सम्भव हुन थालेको छ ।
आलुको बियां बाट खेती गर्दा हुने फाईदाहरुः–
एक रोपनी क्षेत्रफलको लागी साना साना आलुको दाना (प्री बेसिक सिड) तयार पार्नको लागी २ ग्राम मात्र आलुको बियाँ प्रयाप्त हुन्छ भने एक रोपनी क्षेत्रफलको लागी व्याडमा बेर्ना तयार पारी रोप्नको लागी ४.५ ग्राम बियाँ प्रयाप्त हुन्छ । जसले गर्दा कुल उत्पादन लागतलार्य घटाउन मद्धत गर्दछ ।
आलुको बियाँ एक स्थान बाट अर्को स्थानमा सजिलै संग हुलाक वा खल्तीमै बोकेर लान सकिन्छ । बियाँ बाट आलु खेती गर्दाै भण्डारको समश्या कम हुनुको साथै भण्डारण खर्च जोगिन्छ । बीउको लागी प्रयोग हुने आलु खानको लागी प्रयोग गर्न सकिन्छ ।
आलुमा हुने बिभिन्न हानिकारक रोग तथा कीराले बाली सखाप पार्न सक्दछ । आलुको बियाँमा यस्तो रोग तथा कीराहरु लाग्ने डरनै हुंदैन र भएता पनि बीउ उपचार गर्न सजिलो हुन्छ । गुणस्तरिय बीउ आलुको अभावले आलु खेती हुन नसकेको ठाउंहरुमा आलु खेतीको बिस्तारका लागी बियाँ एक बिकल्प हुन सक्दछ ।
आलुको बियाँहरु बर्णशंकर जातको हुने हुनाले र डढुवा रोग सहन सक्ने भएकोले यसको प्रयोग गर्दा आलुको उत्पादकत्व बढी देखिएको छ । तसर्थ आलु खेती बाट कुल आम्दानी बढी हुन्छ ।
हाल प्रचलित आलु बियाँका जातहरुः–
(क) एच.पी.यस ६७
(ख) एच.पी.यस १३
नर्सरी व्याडको तयारीः–
राम्ररी खनजोत गरी एक मीटर चौडाई र आबश्यकता अनुसारको लमाई भएको व्याड बनाउनु होस् । साधारणतया माथिल्लो सतहको माटोमा बिभिन्न किसिमका रोगका जिवाणु, कीरा तथा घांसका बीउहरु हुन सक्ने भएकोले करिब ४ इन्च जति माथीको सतहको माटो हटाई दिनु होस् ।
मिश्रण तयार गर्नको लागी अन्य ठाउं बाट जमिनको सतह भन्दा २ फिट तलको माटो खनेर ल्याउनु होस् अनि यस माटोमा १ भाग राम्ररी पाकेको गोबर मल, प्रति बर्ग मिटरको दरमा डि.ए.पी १७ ग्राम, यूरिया १२ ग्राम र म्यूरियट अफ पोटास १७ ग्राम हाली राम्ररी माटोमा मिलाउनु होस् । यसरी मिलाएको माटो २ इन्च जती अग्लो हुने गरी व्याडको निर्माण गर्नु होस् र राम्ररी सम्याउनु होस् ।
बीउ दरः–
एक रोपनी जग्गाको लागी साना साना आलुको दाना उत्पादन गर्न १२ बर्ग मिटर र २ ग्राम आलुको बियाँ प्रयाप्त हुन्छ र यस बाट करिब ४० के.जी साना साना आलुको बीउ (प्री बेसिक पोट्याटो सिड) उत्पादन गर्न सकिन्छ । यहि बीउ अर्को बर्ष एक रोपनी क्षेत्रफलमा आलु खेती गर्न पुग्दछ । बेर्ना उत्पादनको लागी ४.५ ग्राम आबश्यक पर्दछ ।
बियाँ कसरी रोप्ने ?
आलुको बियाँलाई व्याडमा रोप्नु भन्दा एक दिन अगाबै सफा पानीमा भिजाएर राख्नु होस् । तयार गरिएको व्याडको माटो सुख्खा छ भने हल्का तवरले सिचाई गर्नुहोस् (माटोमा चिस्यान हुनु पर्दछ भन्ने कुरा नभुल्नु होस्) बियाँ रोप्दा सावधानी संग एक बियाँ देखि अर्को बियाँको दुरी १.५ (डेढ) ईन्च र एक लाईन देखि अर्को लाईनको दुरी १० ईन्च कायम राख्नु होस् । बीउ रोप्दा सोझो पारेर हातको चोर औंलाले कुलेसो बनाउनु होस् अनि प्रत्येक डोबमा २।३ दाना आलुको बियाँ खसाल्नु होस् । बीउ खसाल्ने काम पुरा हुना साथ बुरबुराउंदो मल अथवा अगाडी बनाईएको मल माटोको मिश्रणले हल्का संग छोपी दिनु होस् ।
छापो दिने कामः–
आलुका बियाँहरु राम्रो संग उमार्नको लागी पानीले भिजाएको जुटको बोरा , पराल वा सुकेको खरले बियाँ नउम्रे सम्मको लागी व्याड छोपी राख्नु होस् र व्याडमा चिस्यान कायमै राख्नको लागी हजारीले दैनिक वा एक दिन बिराएर पानी दिन नभुल्नु होस् । यसरी लगाईएको आलुको बियाँ उम्रन बढीमा एक हप्ता लाग्न सक्दछ तर बियाँ उम्रे होलान्की भनि ४।५ दिन पुग्ना साथ एक छेउ बाट छापो हटाई नियालेर हेर्नु पर्दछ र उम्री सकेको भए हल्का तवरले छापो हटाई दिनु पर्दछ । यस्को काम सकेभर दिउंसो कडा घाममा गर्नु हुंदैन ।
गोडमेल गर्नेः–
गोडमेलको क्रममा झारहरु सावधानी संग उखेल्नु होस् । एकै ठाउंमा धेरै बेर्ना उम्रेका रहेछन् भने गतिलो बेर्नालाई छाडी अरु उखेलेर हटाई दिनु होस् । रोग लाग्ने सम्भावना देखिएका डाईथेन एम–४५ अथवा बेभिस्टीन २.५ ग्राम प्रति लीटर पानीको दरमा घोल बनाई बिरुवाको जरा समेत भिज्ने गरी ड्र्ेन्चीङ्ग गरी दिनु होस् ।
यूरिया मल दिने कामः– आलुको बिरुवा उम्रेको २ हप्ता पछि राम्रो संग सप्रेको नपाईएमा १ ग्राम यरिया प्रति लीटर पानीको दरमा घोलेर स्प्रे गर्नु होस् ।
बिरुवा सार्ने कामः–
करिब २५–३० दिनका बिरुवाहरु स्थानान्तर गर्न लायकका हुन्छन् । सरदर एक रोपनीको लागी ४५०० बिरुवा आबश्यक पर्दछ । यी बिरुवा परिपूर्ति गर्न करिब ४.५ बर्गमिटर क्षेत्रफलको व्याड आबश्यक पर्दछ । बिरुवा सार्नको लागी ७।८ ईन्च उठेको २ फिट फरकको ड्याङ्ग बनाई एक बेर्ना देखि अर्को बेर्नाको दुरी ८।९ ईन्च फरक पारी बेर्ना सार्नु होस् ।
उकेरा दिने कामः–
बिरुवा सारेको २५।३० दिनमा पहिलो उकेरा, अर्को २५ दिनमा दोश्रो उकेरा र यसको २०।२५ दिनमा तेश्रो उकेरा दिनु पर्दछ । करिब ९० दिनमा आलु खन्न सकिने हुन्छ ।