काठमाडौं । विगत २ दशक भन्दा अघिदेखी नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लागी परेका गायक तथा संगीतकार भुवन प्रकाश बडुको “ए माछी” बजारमा आएको छ ।
गोपाल सुचिकारको शब्द तथा संगीत रहेको गीतमा गाएन तथा संगीत संयोजन स्वयं बडुको रहेको छ । बिग परिवेश स्टुडियोमा रेर्कड भएको गीतको मिक्सिङ तथा मास्टरिङ जिवन बडुले गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन कैलाश प्रवीण र केशवराज भट्टको रहेको छ । छाँयाकन रमेश मल्लले नेपालको पश्चिम क्षेत्र नेपालगञ्ज, बर्दिया र कर्णाली नदिको आसपासको क्षेत्रलाई निकै मनमोहक तरिकाले क्यामरामा कैद गरेका छन् । गितको अभिनयमा गाएक बडु स्वयं रहेका छन् भने उनलाई निशा शाहीले साथ दिएकी छन् ।
अमन बडुले सम्पादन गरेको यस गितको म्युजिक भिडियो विग परिवेश रेर्कडिङ स्टुडियोको अफिसियल युटुव च्यानलबाट आम दर्शक तथा श्रोतामाझ ल्याइएको छ ।
