01 Jun 2023, 10:39 AM (GMT)

Coronavirus Stats Nepal

1,003,340 Total Cases
12,031 Death Cases
991,287 Recovered Cases

शिक्षण सिकाईमा तुलनात्मक अध्ययन

– सुमन तिमल्सिना

 

बालबालिकाहरु आफूजस्तै स–साना कुराहरु देख्छन् अनि त्यसैमा जिज्ञासा राख्छन् । उनीहरुको दृष्टि सुक्ष्म हुन्छ । यस्तो सुक्ष्म दृष्टिले नै होला, बालबालिका भन्दा हामी फरक छौं, उनीहरुको देख्ने कुरा हामीले देख्दैनौं ।
केही समय अघिको एक बिहान, म तोरीको पिनाले नाङ्लो लिप्दै थिएँ । छोरी नाङ्लो लिपेको ध्यान दिएर हेर्दै थिइन् । नाङ्लो लिप्दै गर्दा छोरीको हातखुट्टामा आएका स–साना विमिरा सम्झिएँ र मनमनै सोचें “पिनाले नुहाइदिए निको हुन्थ्यो कि ।” छोरीलाई पिनाले नहायो भने विमिरा सन्चो हुन्छ भनेर बुझाएँ ।
मैले पिनाको महत्व सानो छँदा नै थाहा पाएको थिएँ । हजुरआमाले पिनाले नुहायो भने शरीर सफा हुन्छ भन्दै हामीलाई पिनाले नुहाइदिनु हुन्थ्यो पिनाले नुहाएमा कुनै किसिमका फोका विमिरा आउँदैन भन्नुहुन्छ । त्यसैले म पनि छोरीलाई यो कुरा बुझाउन चाहन्थे । मेरो कुरा सुन्नासाथ छोरीले भनिहालिन् “के म नाङ्लो हो र पिना लगाउने ?” उनको बुझाई र तुलना कति सहज छ । उनले पिनाले नुहाएको देखेकी भए सायद सजिलै नुहाउन भन्थिन् कि । तर देखेकी थिईन्– नाङ्लो लिपेको मात्र ।
यस्तैगरी उनले आफूसँगै खेल्ने एकजना साथीलाई निकै नजिकबाट नियालेकी रहिछन् । एकदिन उनले सोधिन् “आमा किन कोही मान्छे धेरै कालो र कोही मान्छे धेरै गोरो हुन्छन् ?” उनको यो प्रश्नले एकछिन साँच्चै नै सोच्ने बनायो । मैले उनलाई मानिसहरु कालो र गोरो हुनमा उनीहरुको वंशाणुगत गुण भन्ने जानेको जवाफ दिएँ । त्यसको केही दिनपछि मैले एउटा पुस्तक अध्ययन गर्ने मौका पाएँ । त्यस पुस्तकमा मानिस कालो र गोरो हुनुमा शरीरमा भएको ‘मेलानिन’ भन्ने पदार्थ निर्णायक हुन्छ भन्ने थाहा पाएँ । जति बढी मेलानिन भयो उति कालो तथा मेलानिनको मात्रा कम भएमा गोरो हुने रहेछ । यो कारण बारेमा छोरीलाई थाहा नभए पनि उनले मानिसहरुको रुप रङमा देखिएको भिन्नता तुलना गरेर प्रश्न गरेकी हुन् ।
त्यस प्रश्नबाट मैले बालबालिकाले कति धेरै तुलनात्मक कुरा आफैं भेट्टाउँदा रहेछन् भन्ने कुरा महसुस गरें । बालबालिकाका दिमागमा दर्जनौं तथा सयौं जिज्ञासा आउँदा रहेछन् । मलाई त उनीहरुले वस्तु पहिचान गर्न तुलना गरेर नै सिके जस्तो लाग्दछ ।
कक्षा १÷२ का बालबालिकाको उमेर भनेको सामान्यतायः ६ वा ७ वर्ष हो । यस उमेरका बालबालिकाको उमेरगत विशेषता नै कुनै पनि वस्तुलाई प्रत्यक्ष हेरेर, छोएर, तुलना गरेर सिक्न मन पराउने हुन्छ । यो उमेरका बालबालिकालाई यसरी सिक्ने अवसर मिलाउन सकेमा सिकाई प्रभावकारी हुने गरी मनोवैज्ञानिक जीन पियाजेले पनि भनेका छन् । उनले यस उमेरगत समूहलार्य तीन चरणमा विभाजन गरेका छन् । बालबालिकालाई हामीले तुलनात्मक रुपमा सिक्ने सिकाउने अवसर दिन सकेको अवस्थामा उनीहरुको सिकाई दीर्घकालिनसम्म रहन सक्छ । उनीहरुलाई सरलबाट जटिल मूर्तबाट अमूर्त तथा हेरेर, छोएर, गरेर सिक्ने सिकाउने अवसर दिनुपर्छ । यसो गरेमा मात्र उनीहरुको तुलनात्मक क्षमता अझ निखारिन्छ । उनीहरु कक्षाकोठाबाट पनि धेरै कुरा तुलना गरेर सिकिरहेका हुन्छन् ।
कक्षा २ का बालबालिकालाई प्रथम त्रैमासिक परीक्षा सकिएर त्यसपछिको पढाइ सुरु हुने दिन तिमीहरुको प्रथम त्रैमासिकामा के के कुरा कमी थियो र के के कुरा यो चरणमा सुधार गर्न चाहन्छौं ? भन्ने आशयको प्रश्न गरेका थिए । प्रश्नसँगै उनीहरु प्रत्येकको बारेमा मेरो अवलोकन पनि थियो तर त्यो अवलोकन थियो उनीहरुबाटै त्यही कमी कमजोरी रहेको कुरा आयो, अनि मैले त्यसलाई सुधार गर्न के गर्नुपर्छ ? भनेर सबैलाई भन्न लगाएँ । सबैले आ–आफ्नो दोस्रो त्रैमासिक अवधिमा सुधार गर्नुपर्ने कुराहरु एक–एक गरी बताए । ती उपाय उनीहरुका आफ्नै थिएन कि मेरा । यसमा अझ राम्रो कसरी बन्न सकिन्छ भनेर उनीहरुले नै पहिले र पछिको राम्रो तुलना गरेको पाएँ ।
त्यस्तैगरी आफ्नो स्तर निर्धारणको कागजमा पहिलो र दोस्रो त्रैमासिक परीक्षामा पाएको ग्रेडिङ पनि उनीहरु आफैंले तुलना गरे । एकजना विद्यार्थीले भने “मेरो पहिलेभन्दा राम्रो भएको रहेछ है ।” पहिले ब् आएको थियो अहिले ब्ं आएको रहेछ भन्दै आफैं तुलना पनि गरे । उनीहरुमध्ये एक छात्राले चाहिँ आफूले कक्षा कार्य समयमा नसक्ने गरेकोमा “अबदेखि म समयमा काम गर्छु” भनी आफैंले वाचा बन्धन गरिन । त्यसपछिका दिनमा उनले काम समयमै गर्न थालिन् । मेरो खुशीको सीमा रहेन । यसरी बालबालिकालाई आफैं तुलना गर्न दिँदा कुरा बुझाउन सजिलो हुने रहेछ । उनीहरुले आफ्ना कुरालाई आफैंले जोडेर तौलेर, हेर्न सक्ने रहेछन् । हुन पनि बालबालिकाहरु स्वभावैले साँचो बोल्ने अनि सरल हुन्छन् ।
त्यसैले मैले पढाउँदा पनि सकेसम्म पाइएसम्म तुलना गरेर सिकाउन मिल्ने सामग्री प्रयोग गर्ने गर्छु । बालबालिकाले एक ठाउँमा भनेका कुरालाई अर्काे ठाउँको सन्दर्भसँग जोडेर सिक्न खोज्दछन् । पिनाले नुहाउनु र नाङ्लोमा पिना लगाउनु सन्दर्भ नमिलेर छोरीले वा विद्यार्थीले सुरुमा मेरो कुरा नमानेकी हो कि ?
राम्रो काम गर्ने साथीको कामको उदाहरण दिएर कक्षाका अन्य साथीहरुलाई पनि उनीहरु जस्तै बन्न प्रेरणा दिइरहँदा त्यसको फाइदा राम्रा हुँदोरहेछ । कक्षामा यस्तै कुरा बारम्बार सुन्नाले पनि उनीहरुमा तुलनात्मक सीप विकास भइरहेको हुँदोरहेछ । खासगरी कक्षा १ र २ मा पढ्ने बालबालिकामा यस किसिमको तुलनात्मक सीप छिटोछिटो विकास भएको पाइन्छ । आज त म छिट्टै खाना खाएर फस्ट भएको नि उसले भन्दा छिटो खाएँ” भन्दै सुनाउने गर्दछन् कक्षामा । यी कुराहरुको अन्तर्निहित कुरा भनेको तुलना नै हो । दाँजेर नै सिकेको हो । यस्तो वातावरणले धेरै कुरा तुलना गर्दै सिक्ने सीपको विकास हुँदोरहेछ ।
पढाउने शिक्षक भिन्न भिन्न शिक्षकको शिक्षण सिकाई तरिका भिन्न भिन्न, अनि बालबालिकालाई शिक्षकले उनीहरुको ध्यान आफूतर्फ आकर्षण गर्ने तरिका भिन्न, भिन्न, विद्यार्थीको सिक्ने क्षमता फरक फरक, विद्यार्थीको दिमाग वा बुझ्न सक्ने क्षमता फरक फरक । यी यस्तै भिन्न चिजबिज उनीहरुलाई सिकाइएको हुन्छ । उनीहरुले हाम्रो व्यवहारबाट पनि धेरै कुरा बुझेका हुन्छन् । सर वा मिसले कस्तो व्यवहार मनपराउनु हुन्छ । अनि, उनीहरु पनि त्यस्तै खालको व्यवहार गर्न थाल्दछन् । सर वा मिस अनुसार उनीहरुले फरक फरक व्यवहार गर्छन् । अर्काे सर वा मिस जाँदा फेरि अर्कै किसिमको वातावरण बनाइदिन्छन् । जो सर वा मिस मनपर्छ त्यो विषयप्रति उनीहरुले देखाउने व्यवहार नै फरक हुन जान्छ । पक्कै पनि उनीहरुले हामी शिक्षक शिक्षकहरुबिचको पनि राम्रै तुलना गरिरहेको कुरा यसबाट बुझ्न सकिन्छ ।
त्यसैले हामी शिक्षकले सबै बालबालिकासँग समान व्यवहार गर्नुपर्छ । उनीहरुले गरेको तुलनालाई सम्मान गर्नुपर्छ । यसबाट पनि उनीहरुको अवलोकन, मूल्यांकन र कुनै निक्र्यौल गर्न सक्ने क्षमताको विकास भइरहेको हुन्छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Students return to school in Beijing

Kathmandu : Children in Beijing, who have been taking winter break and online classes for ...

Translate »
%d bloggers like this: