काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा झण्डोत्तोलन कार्यक्रममा सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले कृषि सहकारीहरुलाई अनुदान दिने तयारी भइरहेको बताएका छन् ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले सहकारीका अनुदान बिच बाटोमा नै हराउने भएकाले अब कृषि सहकारीहरुलाई अनुदान दिने बिषयमा सरकारले महत्व दिएको बताउँदै लगानी सम्मेलनमा कृषिमा लगानी गर्ने दाताहरु उत्साहित भएको बताए ।
जनताको आयस्तर उकास्नको लागि भन्दै सरकार आर्थिक विकासका लागि मेरुदण्डको रुपमा सदैव सहकारी क्षेत्रलाई लिएको मन्त्री बाँस्कोटाले बताए । कार्यक्रममा बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं बादे श्रेष्ठ, संघीय सांसद गंगाबहादुर दोङ, सहकारी आन्दोलनका अगुवा कुलचन्द्र अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली लगायतकाले मन्तव्य राखेका थिए ।