विद्युत चोरी गर्ने तीन सय पचास जना पक्राउ

काभ्रे । नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले विद्युत चोरीमा संलग्न ३ सय ५० जनालाई विद्युत चोरीमा प्रयोग भएका उपकरणहरु जफत गरेर कारबाही गरेको छ ।
केन्द्रले हुकिङ र मिटर बाइपास गरेर विद्युत चोरी गर्ने विरुद्ध कारबाही गरेको हो । उनीहरुलाई कारबाही गरेको वितरण केन्द्र प्रमुख रञ्जनराज गुरुङले बताए । उनका अनुसार विद्युत चोरीमा संलग्न भएकालाई कारबाही गरेर ३४ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । चुहावट नियन्त्रण अभियान अन्तर्गत नियमित चेक जाँचका क्रममा चालु वर्षको ८ महिना अवधिमा ४४ जना मिटर बाइपास गर्ने र अन्य हुकिङ गरेर विद्युत चोरी गर्नेलाई पक्राउ गरेर कारबाही गरेका बताए ।
विगतमा ४८ प्रतिशत विद्युत चुहावट हुने गरेकोमा हाल घटाएर २३ प्रतिशत मात्र चहावट भएको वितरण केन्द्रले जनाउँदै विद्युत चुहावटमा कमी ल्याउन वितरण केन्द्रले विभिन्न चेतनामूलक कार्यक्रमहरू अगाडी बढाईरहेको पनि जनाएको छ ।
मिटर बाइपास गरेर विद्युतचोरी गर्नेबाट ११ लाख १८ हजार हुकिङ गर्ने स्थानीयबाट २३ लाख रुपैयाँ असुल गरिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सागर भण्डारीको “जिवनको गोरेटोमा” बजारमा

काभ्रे । नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जिवनको गारेटोमा” आम दर्शकमाझ आएको ...

Translate »