“जालमा फसायौ” बजारमा

धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ ।
पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोट लाई प्रस्तुत गरिएको छ । शब्द तथा संगीत प्रभावन जे को रहेको उक्त गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडि परिवेष रेर्कडिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो ।
नारायण दंगाल र स्वंम गायीका पार्वती कार्किको अभिनय रहेको जालमा फसायौको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वयं प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विशेष मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।
जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए । गीतको म्युजिक भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सागर भण्डारीको “जिवनको गोरेटोमा” बजारमा

काभ्रे । नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जिवनको गारेटोमा” आम दर्शकमाझ आएको ...

Translate »