बेमौसमी प्याज खेती किन र कसरी ?

कालीप्रसाद पाण्डे

 

परिचयः–
प्याजको गानो जमिन मुनि तयार हुने एक रुपान्तरीत काण्ड हो । मसिना तथा बाक्ला धेरै वटा पत्रहरु मिलेर गानो बनेको हुन्छ । यसको तल्ला भाग बाट मसिना जरा झुप्पाको रुपमा बिकसित भएका हुन्छन् । गानोको माथिल्लो भागमा भित्र पट्टी एउटा मुना हुन्छ । जो उपयूक्त बाताबरण पाउना साथ बिरुवाको रुपमा बिकसित हुन जान्छ । गानोको बाहिरी भागमा गानो लाई संरक्षण गर्ने पातलो खोस्टाले ढाकेको हुन्छ भने भित्री भागमा त्रमसः बाक्लो पत्र र गुदीदार हुन्छ । जसमा प्याजको बोटले खाद्य पदार्थ र पानी सन्चय गरेर राखेको हुन्छ । उपभोक्ता द्धारा उपयोग गर्ने आधारमा प्याजलाई मसला तथा तरकारीको रुपमा लिईन्छ । मसलाको प्रयोग बाहेक यसलाई सुप बनाउन, पकौडा बनाउन र कांचै सलादको रुपमा खानको लागी पनि त्यतिकै उपयोग मानिन्छ । प्याजमा औषधीको गुण समेत हुने भएको हुनाले चोट पटक तथा आगोले पोलेको ठाउंमा यस्को रस लगाई दिनाले शितल गराउंछ । मुर्छा हुने रोग भएका बिरामी लाई प्याजको रस सुघाउंदा फाईदा गर्दछ । कीराले टोकेको ठाउंमा यस्को रस लगाउनाले पिडा कम हुन जान्छ । प्याजमा हुने ूअलाईल प्रोफार्ईल डाईसल्फाईडू नामक रसायनिक पदार्थ हुने भएको हुनाले निन्द्रा लगाउन मद्धत गर्दछ । घांटी दुख्दा प्याजको सेबनले निको पार्दछ ।
प्याज खेतीको महत्वः
बढ्दो जनसंख्या, शहरिकरण तथा जनचेतनाको फलस्वरुव तरकारीको माग दिन प्रतिदिन बढ्दै गएको छ । खास गरी शहरी क्षेत्रहरुमा तरकारीको मागले आयात परिमाणमा बृद्धि हुन थालेको छ । अतः सर्ब साधारण जनताहरुको तरकारी उपभोग स्तरमा सुधार गर्न, शहरी क्षेत्रहरुका ताजा तरकारीको आबश्यकता परिपूर्ति गर्न र आयात परिमाण लाई प्रतिष्ठापन गर्नको लागी हाम्रो देशमा उन्नत प्रविधि अपनाई प्याजखेतीको क्षेत्रफल बढाउन नितान्त आबश्यकता छ । अर्को तर्फ प्याजलाई पौष्टीक दृष्टीकोणले हेर्दा १०० ग्राम प्याजको सेबन बाट निम्न पौष्टीक एबम् खनिज तत्वहरु पाईने भएको हुनाले पनि हरेक छाकको भोजनमा प्याजलाई सम्मीलित गराउनु पर्ने नितान्त आबश्यक पर्दछ ।
(क) कार्बोहाईड्र्ेट ११.१ ग्राम, प्रोटीन् १.२ ग्राम, चिल्लो पदार्थ ०.१ ग्राम , क्याल्सियम १८० मिलिग्राम, फस्फोरस ५० मिलि ग्राम, फलाम ०.७ मिलिग्राम, भिटामिन (बी–१) ०.०८ मिलिग्राम, भिटामिन (बी–२) ०.०१ मिलिग्राम, भिटामिन– (सी) ११ मिलिग्राम, भिटामिन (ए) २५ आई.यू , शक्ती ४९ किलोक्यालरी, पानी ८५ ग्राम ।
नेपालमा पाईने प्याजका प्रचलित जातहरुः–
१.एग्री फाउण्ड डार्क रेड ः यो बेमौसममा खेती गर्न सकिने जात हो । सेट बाट गानो तथा हरियो साग उत्पादन गर्नको लागी यो जातले प्रशिद्ध नाम कमाएको छ । बिषेश गरी नेपालीहरुको चाड पर्व (भाद्र महिना देखि कार्तिक सम्म) प्याज धेरै महङ्गो हुने गर्दछ । त्यसैले आषाढ । श्रावण तीर यस्को सेट रोपेर गानो उत्पादन गर्दा बढी मुल्यमा बिक्री गर्न सकिन्छ ।
२. एग्री फाउण्ड लाईट रेड ः यो पनि डार्क रेड जस्तै बेमौसममा लगाउन सकिने जात हो ।
३. रेड क्रीयोल ः यो छोटो अबधीमा तयार हुने जात हो । गाना गाढा रातो र पात गाढा हरियो हुन्छ । यो जातको बाली तयार हुन ( गानो खन्नको लागी ) १६०–१८० दिन लाग्दछ । उत्पादन १००० –१२०० के.जी सम्म प्रति रोपनी हुन सक्दछ । यस्को भण्डारण गुण पनि राम्रो छ ।
४. एन ५३ ः यो रेड क्रीयोल भन्दा पनि छोटो अबधीमा तयार हुने जात हो । यस्को गानो हल्का रातो र पात हल्का हरियो हुन्छ । यो करिव १२० दिनमै तयार हुन्छ । यस्को उत्पादन करिब १००० के.जी सम्म हुन सक्दछ । यो जातको प्याज भण्डारणको लागी उपयूक्त हुंदैन ।
५.पुसा रेड ः यो छोटो दिनमा हुने गानो रातो कम पिरो, उत्पादन ७५०–१००० के.जी प्रति रोपनी हुन्छ रभण्डार गर्न उपयूक्त हुंदैन ।
६.नासिक रेड ः यो छोटो दिनमा हुने, गानो रातो, अलि अलि पीरो र उत्पादन १०००–१२०० के.जी सम्म हुन सक्दछ ।
७ं काठमाण्डौ स्थानिय ः यो छोटो दिनमा हुने ,गानो खैरो रङ्गको र पीरो हुने जात हो । यस्को उत्पादन १०००–१२५० के .जी सम्म हुन सक्दछ ।
प्याज खेतीको लागी चाहिने हावापानीः
प्याज खेतीको लागी बढी गर्मी र बढी जाडो नहुने ठाउंमा ज्यादै राम्रो उत्पादन हुन्छ । प्याजको गानो बन्ने प्रकृयालाई दैनिक प्रकाशको अबधीले नियन्त्रण गरेको हुन्छ । धेरै छोटो दिन तथा ज्यादै लामो रात हुने मौसममा केवल प्याजको बोट र पात मात्रको बिकास हुन्छ । अतः माटो भित्र राम्रो खाल्को ठुलो प्याजको दाना बन्नको लागी लामो दिनको आबश्यकता पर्दछ । यस्को लागी कम्तीमा प्रति दिन ११ देखि १६ घण्टा प्रकाश र १५ देखि २५ डिग्री सेल्सियस तापाक्रमको जरुरत पर्दछ । त्यसैले हाम्रो देशमा प्याजको खेती हिउंद महिनामा गरिन्छ र बर्षा शुरु हुनु भन्दा अगावै भित्राईन्छ ।
प्याजको बेर्ना उत्पादनको लागी नर्सरीः
बेर्ना उत्पादन गर्ने प्रकृयालाई प्रसारण भनिन्छ भने बेर्ना उत्पादन गरिने थलो लाई नर्सरी नामले पुकारिन्छ । प्याज बीउ बाटनै प्रसारण गर्ने काम गरिन्छ । नर्सरी व्याड बनाउनको लागी १ मिटर चौडाई तथा ८।९ ईन्च उचाई भएको ड्याङ्ग र लम्वाई बेर्नाको आबश्यकता अनुसार बनाउनु पर्दछ । यसरी तयार गरिने व्याडमा पहिलेनै ५ के.जी राम्ररी सडेको प्रांगारिक मल, ३५।४० ग्राम डि.ए.पी रसायनिक मलर २५।३० ग्राम म्यूरियट अफ् पोटास रसायनिक मल प्रति बर्ग मिटर क्षेत्रफल ओगट्ने गरी एकनाशले छर्नु पर्दछ । व्याडको माटो सम्याउने काम बीउको लागी धर्सा कोर्ने काम समाप्त भएपछि अघिल्लो दिन पानीले भिजाई भुन्ड्याईएको प्याजको बीउ एक नाशले एक बीउ र अर्को बीउ नजोडीने गरी कोरिएको धर्साको बीचमा पर्ने गरी बीउ छर्नु पर्दछ । यसरी बीउ छरी सकेपछि बुरबुराउंदो खाल्को प्रांगारिक मल र माटो बराबर भाग मिलाई प्याजको बीउ बाहिर नदेखिने गरी पुरि दिने र तुरुन्तै परालले हल्का संग ढाक्नु पर्दछ र माथी बाट हल्का पानी छम्कने काम समेत गरी हाल्नु पर्दछ ।। अनि पछि बीउ टुसाउना साथ पराल लाई बडो सावधानी संग हटाई दिनु पर्दछ ।
बीउदर, छर्ने समय र रोप्नु पर्ने दुरीः
एक रोपनी क्षेत्रफलमा प्याजको खेती गर्नको लागी कपरिब ४००–५०० ग्राम प्याजको जरुरत पर्ने हुनाले सोही अनुसार बीउ जमाउनु पर्ने हुन्छ । उपयूक्त नर्सरी गर्ने समय अशोज । कार्तिक महिना हो । मंसिर । पौष महिनामा खेतबारीमा राम्ररी खनजोत र मलजल गरी एक बेर्ना बाट अर्को बेर्नाको दुरी ८ इन्च र एक लाइन देखि अर्को लाइनको दुरी १ फिट जतिको फरकमा बेर्नाहरु सार्नु पर्दछ । बेमौसममा प्याजको गानो उत्पादन गर्नको लागी जेष्ठ महिनातीर प्याजकोृ पोटी (सेट) लागाई अशोज कार्तिक महिनामा गानो उखेली बजारमा बेच्न सकिन्छ ।
एक रोपनी क्षेत्रफलको लागी माथी उल्लेखित दुरी अनुसार रोप्नु पर्दा ३००० देखि ३५०० सम्म बेर्नाको आबश्यकता पर्दछ । सार्ने बेर्नाको उमेर एक महिना बाट ३५।४० दिन सम्मको उपयूक्त हुन्छ । प्याजको बेर्ना रोप्नु भन्दा अगाडी बेर्नाको टुप्पा काट्नु राम्रो हुन्छ तर यसरी काटीएको बेर्नाहरु लाई अन्य रोग तथा कीराहरु बाट बचाउनको लागी ०.२ प्रतिशतको मालाथियन र डाईथेन एम ४५ को घोलमा बेर्नाहरुलाई डुबाएर मात्र रोप्दा राम्रो हुन्छ । प्याजको बर्ना सार्ना साथ सिचाई दिन भुल्नु हुंदैन । त्यसपछि पनि एक एक हप्ताको अन्तरालमा सिचाई दिई राख्नु अति जरुरी हुन्छ । प्याजको गानो खन्ने बेलामा १०।१५ दिन अगाडै गानो हार्डेनिङ्ग गर्नको लागी सिचाई गर्ने काम बन्द गर्नु पर्दछ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

तेलहन बाली बिजबृद्धि प्रबिधि

कालीप्रसाद पाण्डे   बिशेष गरि तेल उत्पादनको लागि खेती गरिने बालीलाई तेलहन बाली भनिन्छ । ...

Translate »