काभ्रे । चूलोबाट निस्कने धुँवाले पार्ने असर कमी गर्ने उद्देश्य सहित मल्पी इन्टरनेशनलको सहयोगमा बेथानचोक ४ कोप्चे खोला र पञ्चेडाँडाका ३० घर परिवारलाई वातावरण मैत्री धुवाँ रहित चूलो वितरण गरिएको छ ।
भूमिमाता मा.वि तिप्चोकमा भएको कार्यक्रममा मल्पी इन्टरनेशनल स्कूलका प्रिन्सिपल ज्योतिमान शेरचनले वातावरण मैत्री चूलो वितरण गर्दा आफूलाई खुशी लागेको व्यक्त गरे त्यसै गरी वडा नं ४ का वडा अध्यक्ष लालबहादुर श्रेष्ठले चुलो वितरण गरेर स्थानीयलाई पुर्याएको सहयोग प्रति धन्यवाद दिँदै वितरित चूलोको सदुपयोग गर्न लाभान्वितलाई अनुरोध गरे । उनले चूलोको सही प्रयोग गरेमा वन विनास पनि रोकिने तर्क गरे ।मल्पी इन्टरनेशनल स्कूलका शिक्षा संयोजक अर्जुन क्षेत्रीले चूलो प्रयोग विधिको जानकारी गराए । साथै मल्पी इन्टरनेशनल स्कूलका सामाजिक दायित्व अन्र्तगतका कार्य सधै पिछडिको समुदायकोे हितमा हुने बताए ।
चूलो हिमालय स्टोभ प्रोजेक्टको तर्फबाट प्रोजेक्तका संयोजक जयराज भण्डारीले उपलब्ध गराएको थियो । लाभान्वित तर्फबाट बोल्दै शुकराम तामाङले आर्थिक रुपमा मितव्ययी हुनका साथै वातावरण मैत्री रहेकोले समुदायका लागि उपयुक्त रहेको बताए । कार्यक्रममा चुलो प्राप्त गर्ने ३० परिवारलाई थप ३ सयका दरले नगदका साथैउपस्थित विद्यार्थीका लागि स्टेसनरी सामग्री समेत वितरण गरिएको थियो ।यस अघि पनि यही प्रकृतिको चूलो उक्त वडाका सिक्रिघ्याङका ५० घरघुरीलाई वितरण गरिएको थियो इन्टरनेशनलस्कूलले वेथानचोक गाउँपालिका भित्रका विभन्न क्षेत्रमा खानेपानी, शौचालय,शिक्षा,वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।