23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

ट्रक दुर्घटनामा १ काे मृत्यु, ३ जना घाइते

चितवन, ३० मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनकाे लाेथरमा बिहानकाे ७:३० बजेकाे समयमा जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार ना‍.५.ख.८७४३ न‍. काे ट्र्क र ना.६.ख.७९६७ न‌ं काे ट्र्क एकआपसमा ठक्कर भई एक जनाकाे मृत्यु र ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ८७४३ न‌ं. काे ट्र्कका चालक हेटाैंडा उपमहानगरपालिका-१४ का २६ वर्षीय वीरबहादुर लाेप्चन रहेका छन् । उहाँकाे मृत्यु उपचारकाे क्रममा बिहान ८ः२५ बजे पुरानाे मेडिकल कलेजमा भएकाे हाे भने साेही ट्र्कका सहचालक बागमती गाँउपालिका-१ मकवानपुरका २० वर्षीय साेमबहादुर थिङ, ७९६७ न‌ं काे ट्र्कका चालक कन्काई नगरपालिका-१ झापाका ४० वर्षीय अर्जुन जाेगी र साेही ट्र्कका सहचालक माेरङ निवासी २० वर्षीय प्रज्वल देवानकाे पुरानाे कलेजमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: