उदयपुर, बिहिबार बिहान जरुवाको सडकखण्ड भएर तामलडाँडाबाट कटारी जाँदै गरेके जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र दुई जना घाइते भएको छ ।
भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ को दुर्घटना हुँदा हाल मोरङ पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी-३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठको घटना स्थलमै मृत्यु भएको र टिकाराम श्रेष्ठको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने मोरङ पथरीका ५५ वर्षीय लक्ष्मीप्रसाद राई र भारत सिक्किमका २८ वर्षीय पवन राईलाई उपचारका लागि विराटनगर पठाइएको प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।