26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases
Man in hoodie with unrecognizable face in the dark

बलात्कारको आरोप लगाई मोटो रकम माग्ने असई केसी

कार्तिक ३ मा बलात्कार अभियोगमा पक्राउ परेका सन्देश शर्मा पोखरेल र ज्ञानेन्द्र गजुरेलको घटनाले नयाँ मोड लिएको छ । पीडित परिवारको अनुसार -असई_ उमेश केसीले नै युवतीको प्रयोग गरी बलात्कार अभियोगमा उनीहरुलाई फसाउने र मोटो रकम लिएर युवतीलाई मुद्दा फिर्ता लिने भूमिका खेलेको खुलेको छ ।

पीडित परिवारबाट मोटो रकम माग गरेको प्रमाण अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा पुगेपछि असई उमेश केसीलाई अख्तियारले नियन्त्रणमा लिए पश्चात् पोखरेल र ज्ञानेन्द्र गजुरेलमाथि बलात्कार अभियोगमा ललितपुर प्रहरीमा उजुरी दिएकी युवती असई उमेश केसीकै प्रमिका रहेको खुलेको छ ।

असई र युवती बीचको सम्बन्ध करिब चार वर्ष लामो रहेको र जब युवती असईसँग अलग हुन खोजिन् असई केसीले युवतीलाई निरन्तर फोन मर्फत धम्की दिन थाले । ज्ञानेन्द्र राजनीतिक नेता भएको युवतीलाई थाहा भएको र ज्ञानेन्द्र र युवती फेसबुकको साथी भएको हुँदा युवतीले ज्ञानेन्द्र सँग सहयोग मागेको खुलेको छ । २९ असोजमा असई केसीकी प्रमिका सहयोग माग्न ज्ञानेन्द्रको मा पुगेको र युवतीलाई सहयोग गर्ने ज्ञानेन्द्रले असई केसीलाई फोन मर्फत युवतीलाई धम्की नदिन र ३० गते भेटेरसमेत सम्झाएको थिए । तर ३० गते असोजसम्म सहयोग माग्न पुगेकी युवतीले दुई दिनपछि नै ज्ञानेन्द्रका विरुद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।

पीडित परिवारका अनुसार प्रमिकाको गरी बलात्कारको उजुरी दिन लगाएका असई केसीले आफैं सन्देश र ज्ञानेन्द्रका परिवारसँग ६० लाख रुपैयाँ माग गरेको र पीडित परिवारले ५० हजार समेत पेश्की बुझाको भनाइ छ । पीडित परिवारसँग भएको विभिन्न फोन संवाद र ९ मंसिरमा पीडित परिवारले ६० लाख रुपैयाँ लिन बोलाएको मध्ये ५७ लाख मात्र पुगेको भन्दै रकम हेरेर फर्केको भिडियोको आधारमा अख्तियार अनुसन्धान आयोगले असई केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: