24 Nov 2020, 9:47 AM (GMT)

Coronavirus Stats Nepal

222,288 Total Cases
1,337 Death Cases
202,067 Recovered Cases

सुकेधारामा बसको ठक्करबाट एक छात्राको मृत्यु, दुईवटा बसमा आगजनी र तोडफोड

काठमाडौं । सोमबार बिहान काठमाडौंको सुकधारामा बसले ठक्कर दिँदा एक छात्राको ज्यान गएको छ । करिब पौने ६ बजे बा ४ ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी गोरखा घर भई धुम्बाराही बस्दै आएकी २१ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको बताइएको छ ।

पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि चाबहिलस्थित ‌ओम अस्पताल लगिएको र त्यही उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवत्ता एवं एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताइएको छ ।

मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । सो क्याम्पसका विद्यर्थीहरु आफ्नो सहपाठीको मृत्युपछि सडकमा विराध प्रदर्शन गरिरहेका छन् ।

आक्रोसित विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बस तोडफोड गरेका छन् । प्रहरीले आगजनीमा संलगन विद्यार्थीलाई नियन्त्रणमा लिएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One Killed, Three Injured in Car-Tipper Collision

Kathmandu : Deepesh KC of Salyantar died when his car and tipper collided at Gajuri ...

Translate »
%d bloggers like this: