धादिङ थानेबास गाँउपालिका घर भई हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ वर्षीय कमल वाइबा र उनका भाई ४० वर्षीय सुरज वाइबालाई समुद्रको छालले बगाँउदा दुबैको ज्यान गएको छ । पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रको छालले बगाँउदा दुई दाजुभाईको मृत्यु भएको हो ।
दाजुलाई पहिला बगाएर लगेको र दाजुलाई बचाउन खोज्दा भाईलाई पनि बगाएर लगेको आशंका गरिएको छ ।
घटनास्थलमा उपस्थित पर्यटकहरुले पुलिसलाई खबर गरेपछि पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको र दुबैको शव केही समयमा नै फेला परेको थियो ।