काठमाडाैं । रसुवागढी नाकाबाट काठमाडाैं आउँदै गरेको ना १ झ ३५४२ नम्बरको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन बरामद भएको छ । दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएको अवस्थामा प्रकाउ परेको जनाएको छ।
प्रकाउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी-५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ वर्षीय साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी-५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ रहेका जनाएको छ ।