काठमाडाैं । भारतको मोतिहारीका चाँद अलीलाई मंगलबार राति साढे १२ बजे गोली हानी नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरर्का ३ जनाले प्रहरी तर्फ फायरिङ गरे पश्चात प्रहरीले जवाफी फायरिङ गरेको हो। घाइते अलीलाई दाँया खुट्टामा गोली लागेको छ । अन्य दुई जना गोली प्रहार गर्दै भारत तर्फ भागेको जानकारी दिएको छ । अली तराई मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंका मच्चाउने भूमिगत समूहका रहेको बताएको छ ।
