टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा ६.८ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरु घाइते भएका छन् । भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबनान तथा इरानसम्म महशुस गरिएको थियो ।
