इलेक्ट्रोनिक्स सामानहरुको अनलाइन बिक्री गर्ने भन्दै फेसबुकमा विज्ञापन पोस्ट गरेर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ जन्तेखोला गाउँपालिका ४ का शिवजी खड्का, सोही ठाउँकी देवी चाैलागाई, मोरङ सुन्दरहरैंच नगरपालिका ३ का निरन्जनप्रसाद आचार्य, सुनसरी धरान नगरपालिका वडा नं. २० विष्णु पादुकाकी भावना राई, सोही नगरपालिका वडा नं. ५ की सरिता परियार, वर्षा कार्की, सानु गाैतम र लक्ष्मी कार्की रहेका छन् ।
उनीहरुलाई २ महिना लगाई विभिन्न मितिमा पक्राउ गरेको हो । पक्राउ परेकाबाट विभिन्न बैंकका एटिएम, सही गरेको चेकहरु र चेकबुक बरामद गरिएको छ । ठगीमा ७८ वटा नेपाली बैंक र १४ वटा भारतीय बैंक खाता प्रयोग भएको जनाएको छ ।