काठमाडाैं । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तुहरु ल्याएको भन्दै दुई नेपालीको भिसा रद्द गरी नेपाल फर्काइदिएको छ । चितवन घर भएको दुई बाबु छोराको ३ बर्षको भिसा रद्द भएको हो । विमानस्थलको बाहिरीभागमा चेकअप हुँदा तीनवटा सुटकेशमा गरी ३ किलो सुकुटी र ३ किलो बराबर आलो मासु साथै हरियो खुर्सानी, धुलो खुर्सानी लगायतका अन्य खानेकुराहरु भेटिएको थियो । जुन जापानमा लैजान प्रतिबन्धित छन् ।
