काठमाडाैं । चीनमा नोबेल कोरोना भाइरसको संक्रमण बढे पश्चात चीनको अति प्रभावित वुहान प्रान्तमा भएका आ-आफ्ना नागरिकलाई बुधबार देखि विभिन्न मुलुकले फिर्ता लैजान सुरु गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले २०१ जना नागरिकलाई फिर्ता लगेको छ ।
बेलायतले वुहानबाट फर्किएका हरेक नागरिकले १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनेमा राखिने बताए ।
त्यसैगरी जापानले वुहानबाट उद्धार गरिएको नागरिक मध्ये चार जनालाई रुघाखोकी लागेको छ भने दुईजनालाई निमोनियाको संक्रमण देखिएको छ ।