काठमाडाैं । बेलायतले सन् १९७३ मा गाँसिएको युरोपियन युनियनसँगको सम्बन्ध यही ३१ जनवरी शुक्रबार राती ११ बजे औपचारिक रुपमा अलग भएको घोषण गर्ने तयारी छ । बेलायतवासीहरु ४७ वर्षको लामो युरोपियन युनियनसँगको सम्बन्ध अलग भएको दिन जनवरी ३१ लाई ऐतिहासिक दिनको रुपमा मनाउने तयारी गरिरहेका छन् ।
‘शन्ति, समृद्धि र सबै राष्ट्रहरुसँग मित्रता’ पदावली उल्लेख भएको ५० पेन्सका तीस लाख ब्रेक्जिट स्मारक सिक्का निष्कासित गर्ने भएको छ । साथै यसै वर्ष भित्र ७० लाख स्मारक सिक्का उत्पादन गर्ने तयारी गरेको बताइएको छ ।
वितरण गर्न लागिएको सिक्का प्राप्त गर्न पहिलो व्यक्ति प्रधानमन्त्री बोरिस जोन्सन हुनेछन् । युरोपियन युनियन छाड्नु बेलायती इतिहासको महत्वपूर्ण मोड भएको र यो सिक्का नयाँ अध्यायको शुरुवात भएको बताएका छन् ।