काठमाडाैं । २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको हो ।
बाथमले बालबालिकालाई आफ्नै घरमा बन्धक बनाइ राखेको थियो र प्रति बालक एक करोड रुपैयाँ र हत्याको आरोप फिर्ता लिनुपर्ने माग गरेको थियो ।
बाथमले छोरीको जन्मदिनको बहाना बनाई गाँउका बच्चाहरुलाई घर बोलाएका थिए र उनीहरुलाई त्यही बन्धक बनाएका थिए । प्रहरी देखे बित्तिकै सुभाषले फायरिंग शुरु गरेपछि दोहोरो भिडन्तमा बाथमको मृत्यु भएको हो ।
बाथम कयाैं पटक जेल गइसकेका र उनी माथि हत्याको मुद्दा चलिरहेको बताएको छ । फायरिङमा केही प्रहरी घाइते भएतापनि सबै २३ बालबालिकाको उद्धार गरिएको छ ।