23 Oct 2020, 3:17 AM (GMT)

Coronavirus Stats Nepal

148,509 Total Cases
812 Death Cases
102,820 Recovered Cases

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड

काठमाडाैं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाइन्छ ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानदेखि नै भीड लागेको छ । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको छ । पशुपति दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँचवटा मूल लाइनको व्यवस्था गरिएको छ भने भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरिएको जनाएको छ । महाशिवरात्रीमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि सुरक्षा निकायका करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महाशिवरात्रीका दिनमात्र यस वर्ष १० लाख भन्दा बढी दर्शननार्थीले पशुपति दर्शन गर्न सक्ने जनाएको छ भने  बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् ।

आजपशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्र्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ भने राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 3,637 more people

Kathmandu : In the last 24 hours, 3,637 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: