काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले १५ दिन लामो भारतको राजनीतिक भ्रमण सम्पन्न गरी फागुन १८ नेपाल फर्किएका छन् । २०६५ साल जेठ २९ गते राजगद्दी र राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र शाहले भारत पटक पटक भारतको भ्रमण गरे तापनि मुलुक राजतन्त्र समाप्त भएर गणतन्त्रमा प्रवेश गरेको ११ वर्षपछि २०७६ साल फागुन ४ गते भारतको पहिलो पटक राजनीतिक भ्रमण गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमल लगायतका टोलीले फागुन ८ गते अमृतसरको विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन ७ फागुनमा नेपाल प्रजातन्त्र दिवसका दिन कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव पनि मनाएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रले पहिलो पटक २ साता लामो नयाँ दिल्लीको राजनीतिक यात्रा सम्पन्न गरेको सन्दर्भमा नयाँ दिल्लीका हिन्दूवादी नेताहरुले नेपालको राजनीतिमा अगामी ६०/६५ दिनमा ठूलो परिवर्तन आउने दाबी गरेका छन् ।