काठमाडाैं । कोरोना भाइरसका कारणले मृत्यु हुने राष्ट्र चीन पछि इटाली रहेको बताइएको छ । कोरोना भाइरसको कारणले गर्दा इटलीमा २३३ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८ सय भन्दा बढीमा संक्रमण भएको बताइएको छ ।
इटलीमा आइतबार बिहानसम्म करिब १ करोड ५० लाखलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणले गर्दा सामूहिक भेला हुने क्षेत्रहरु (सिनेमा हल, म्युजियम) बन्द गरिएको छ भने रेष्टुरेन्टहरुमा पनि ग्राहकहरु एकअर्काबाट केही मिटरको दूरीमा बस्न मिल्ने व्यवस्था मिलाइएको छ ।