काठमाडाैं । ‘बधाई हो’ बलिउड चलचित्रको सिक्वेल ‘बधाई दो’ भन्ने भएको छ । यो चलचित्रलाई हर्षवद्रधन कुलकर्णीले निर्देशन गर्नेछन् भने नायक राजकुमार राव र नायिका भूमि पेन्डेकर चलचित्रका लागि पक्का भएका छन् ।
बलिउडमा ‘बधाई हो’ निकै रुचाइएको थियो र यो चलचित्रले राष्ट्रिय अवार्ड पनि हात पारेको थियो । कहानी राम्रो भएपछि भूमी र राजकुमार काम गर्न तयार भएको बताइएको छ भने भूमी र राजकुमार पहिलो पटक पर्दा सेयर गर्न लागेका हुन् ।