काठमाडाैं । मार्च २४ गते प्रदर्शन हुने तय गरिएको रोहित शेट्टीले निर्देशन गरिएको फिल्म सूर्यवंशी को प्रदर्शन मिति हाललाई स्थगित गरिएको छ ।
फिल्मका अभिनेता अक्षय कुमारले इन्स्टाग्रामबाट सार्वजनिक गर्दै कोरोना भाइरसका कारण हाललाई फिल्मको प्रदर्शन मिति स्थगित गरिएको जानकारी दिएका थिए । फिल्म नयाँ प्रदर्शन मिति सार्वजनिक नगरिएपनि उपयुक्त समयमा सार्वजनिक गरिनेसमेत बताएका छन् ।
रोहित शेट्टीले पनि कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिन थालेपछि फिल्मको प्रदर्शन मिति हाललाई स्थगित गरिएको बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट सबैलाई जोगिन र सुरक्षा अपनाउन फिल्म टिमले आग्रह गरेका छन् ।