काठमाडाैं । काठमाडाैंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले ग्राहक बोलाउने विषयलाई लिएर नेपाली होटल व्यवसायीसँग विवाद भएको र विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायी माथि खुकुरी प्रहार गर्न खोजेको बताइएको छ ।
प्रहरीलाई स्थानीयहरुले खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।