काठमाडाैं। लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
फागुन ५ गते कटुवाल र होटल व्यवसायी गुरुङबीच भनाभन भएको र कटुवालले होटल व्यवसायीलाई थर्काएको थियो । सोही राती अपरिचित समूहले गुरुङको टाउकोमा रडले हानेर भागेको बताइएको छ।
घटनापछि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले गायक कटुवाललाई पक्राउ गरी थप अनुसन्धान थालेका हुन् ।