काठमाडाैं । चिकित्सकसहित बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनका पिताले स्वागत गरेका छन् ।
फागुन २१ गते मिर्गाैलाको दोस्रो पटक प्रत्यारोपण गरेर आज डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका पिता मोहनप्रसाद ओलीले टाउकोमा हात राखेर आर्शिवाद दिएका छन् ।
प्रधानमन्त्रीको प्रत्यारोपण नेपाली चिकित्सकले गरिएको खबरले नेपालको अस्पताल र चिकित्सकमाथि विश्वास बढेको बताइएको छ ।