28 Oct 2020, 2:39 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

पोर्चुगलमा देशव्यापी स्टेट अफ अलर्ट जारी

काठमाडाैं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३९ हजार ६ सय ३७ पुगेको छ । चीनमा संक्रमित र मृत्यु दर कम हुँदै गएपनि युरोपमा र एसियामा संक्रमण दर बढ्दै गइरहेको छ । स्पेनमा थप ११८८ मा कोरोना संक्रमण पुष्टि भएको छ भने इरानमा थप १२८९ जनामा कोरोना संक्रमण देखिएको छ र इटलीमा कोरोना संक्रमितको संख्या १५ हजार १ सय १३ पुगिसकेको छ ।

पोर्चुगलमा भने सोमबार देखि सबै विद्यालय र विश्वविद्यालयहरु बन्द गरिने बताएको छ । कोरोना भाइरससँग जुध्न पोर्चुगलका सरकारले देशव्यापी स्टेट अफ अलर्ट जारी गरेको छ जुन विगतमा आगलागीको बेला र इन्धन आपूर्तिको अवरोधका बेलामा जारी गरिएको थियो ।

पोर्चुगलमा अहिले सम्म ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको थियो भने थप ३४ जनामा कोरोना संक्रमण पुष्टि गरिएको छ । पोर्चुगलमा सकभर सबैकामहरु रद्द गरी घरमै बस्न आग्रह गरिएको छ भने पोर्चुगलका राष्ट्रपतिलाई केही दिनका लागि क्वारेन्टाइनमा राखिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: