18 Sep 2020, 11:14 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

मनाङले जित्यो आहा ! रारा गोल्डकपको उपाधि

काठमाडाैं । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ मस्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबल उपाधि जितेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकमा गएको थियो जसमा मनाङ सफल भयो ।

टाइब्रेकमा मनाङले ४ गोल हान्न सफल भयो । जसमा अन्जन विष्ट, पुजन उपरकोटी, सरज बिक र रन्जन बिष्ट रहेका छन् भने निशान लिम्बुको प्रहार भने पुलिसका किपर रोशन खड्काले बचाए ।

उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: