काठमाडाैं । यूरोपमा इटलीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ । स्पेनले शुक्रबारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा १ हजार ५ सय भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ ।
यो सँगै स्पेनमा संक्रमितको संख्या ५ हजार ७५३ पुगेको छ भने हालसम्म १३६ व्यक्तिको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको संक्रमण ठूलो संख्यामा देखिएपछि स्पेनको सरकारले भाइरससँग लड्न स्रोतहरु जुटाउने कदमहरुलाई प्रभावकारी बनाउने बताइएको छ भने स्वास्थ्य आपतकालिन घोषणा भने गरिएको छैन ।