26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

स्पेनका प्रधानमन्त्रीकी पत्नी कोरोना संक्रमित

काठमाडाैं । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेज कोरोना संक्रमण रहेको बताइएको छ । शनिबार राती प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोना संक्रमित पुष्टि भएको थियो । उनीहरु दुवैजना अहिले मड्रडस्थित प्रधानमन्त्रीको निवासमा छन् ।

स्पेनमा ६ हजार ३ सय जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार साँझ मात्र थप १८०० जनामा संक्रमण पुष्टि भएको थियो । सङ्कटकाल घोषण भएकोले अब स्पेनमा रेष्टुरन्ट र क्याफेहरुले होम डेलिभरी मात्र पाउँछन् भने बैकं र इन्धन भर्ने स्टेशनहरु खुला रहनेछन् । स्पेनमा सबै सङ्ग्रहालय सांस्कृतिक केन्द्र खेलकुदस्थलहरु बन्द हुन्छन भने विद्यालयहरु सबै बन्द गरिसकेको छ ।

स्पेनले सङ्कटकाल २ हप्ताको लागि लगाइएको हो । स्पेनमा सन् १९७५ मा राजनीतिक परिवर्तन सुरु भएपछि दोस्रो पटक सङ्कटकाल घोषणा गरिएको हो । पहिलो पटक सन् २०१० मा हवाई सेवामा कार्यरत एअर ट्राफिक कन्ट्रोलहरुले हडताल गरेको बेला लगाइएको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Election of Nepal Bar on Chaitra 19

Kathmandu : Election of the 26th Central Working Committee of the Nepal Bar Association is ...

Translate »
%d bloggers like this: