24 Jan 2021, 6:05 AM (GMT)

Coronavirus Stats Nepal

269,180 Total Cases
1,994 Death Cases
263,734 Recovered Cases

हत्या गर्न कोसिस गर्ने युवक पक्राउ

काठमाडाैं । राजविराजमा ज्येष्ठ नागरिकको हत्या प्रयास गर्ने एक युवकलाई पक्राउ गरिएको छ । राजविराज नगरपालिका-८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाँउमा बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको बताइएको छ ।

घरमा सुतिरहेका बेला बिहिबार मध्यराति आरोपितले घर लुट्न कोसिस गरिरहेको बेला  ब्यँझेर रोक्न खोज्दा आरोपितले आक्रमण गरेको बताएको छ ।

घाइतेलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिहं अस्पतालमा लगिएको थियो । घाइतेको घाँटीमा गम्भीर घाउ भएको र ६० टाँका लगाउनु परेको अस्पतालले बताए ।

पक्राउ परेका आरोपितलाई घाइतेलाई पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A teenager died in motorcycle accident in Tokha

Kathmandu : A teenager has died in a motorcycle accident in Tokha, Kathmandu. Sanjit Maharjan, ...

Translate »
%d bloggers like this: