काठमाडाैं । भारतको महाराष्ट्रस्थित पुणेमा कोरोना भाइरसको महामारीमा स्यानेटाइजरको माग बढिरहेको बेला नक्कली स्यानेटाइजर बनाउने दुई जनालाई प्रहरीले छापा मारेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा पराग दोशी र हरेस बेरा रहेका छन् ।
भारतको महाराष्ट्रस्थित पुणेमा ब्राण्डेड कम्पनीका स्यानेटाइजर लुकाएर डुप्लिकेट स्यानेटाइजर बनाएपछि सोमबार पुणेको अपराध शाखाले उनीहरुलाई पक्राउ गरेको हो ।
आरोपीहरुलाई सजायस्वरुप अदालतले ३ दिनका लागि पुलिस हिरासतमा पठाएको भारती सञ्चार माध्यमले जनाएका छन् ।