22 Sep 2020, 6:44 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

कोरोनाका कारण अमेरिकामा धेरै नागरिकको मृत्यु हुन सक्ने संभावना

काठमाडाैं । अमेरिकाको ५० वटै राज्यमा पुगेको कोरोना भाइरसको संक्रमण अब झनै तीव्र गतिले फैलिन सक्ने र धेरै मानिसहरुको मृत्यु हुन सक्ने फरक-फरक अनुसन्धानकर्ताहरुले  जनाएका छन् ।

बेलायती अनुसन्धानकर्ताहरुले यदि कोरोना भाइरस विरुद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने न्युयोर्क टाइम्सले जनाएका छन् । सिडिसीकै अध्ययन अनुसार अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने न्युयोर्क टाइम्सले जनाए । त्यस्तै नेब्रास्का विश्वविद्यालयको अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको कोरोना भाइरसका कारण मृत्यु हुन सक्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिन धेरै भीडभाड हुने ठाउँ (विद्यालय, सिनेमा हल, रेष्टुरेन्ट वा सामान्य सार्वजनिक जमघट) हरु बन्द गर्न सुझाव दिइएको छ । अमेरिकाले पहिले ५० जना भन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो भने अब त्यसलाई कडाइ गरी १० जनामा झारिएको छ ।

कोरोना भाइरस विरुद्ध लड्न यही सातामात्रै अमेरिकाले पहिलो पटक मानिसमा भ्याक्सिनको परिक्षण थियो जसलाई सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: