18 Sep 2020, 7:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

कोरोनाका कारण अमेरिका र चीनबीच ‘कोल्ड वार’

काठमाडाैं । विश्वभरि फैलिरहेको कोरोना भाइरसका विषयमा दुई प्रमुख शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच विवाद सुरु भएको छ । चीनको वुहान सहरमा पहिलो पटक फेला परेको कोरोना भाइरसलाई अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले मंगलबार ट्विटमा चिनियाँ भाइरस भाइरस भनेपछि विवाद सुरु भएको हो ।

पहिलो पटक अमेरिकी राष्ट्रपतिले चिनियाँ भाइरस भनी ट्विट गर्दा चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएका थिए र चीनलाई बदनाम र अनावश्यक गाली नदिन चेतावनी दिएका थिए । तर जब अमेरिकी राष्ट्रपतिले मंगलबार दोस्रो ट्विटमा समेत चिनियाँ भाइरस भनी शब्द दोहवर्याए पछि यो विषयले ठुलो रुप लिएको छ । अमेरिकी विदेश मन्त्री पम्पियोले पनि पटक पटक कोरोना भाइरसलाई वुहान भाइरस भन्दै आएका थिए ।

अमेरिका र चीनबीचको झडपपछि विश्व स्वास्थ्य संगठनले सो भाइरसलाई कुनै खास समुह वा क्षेत्रसँग जोड्नु नहुने चेतावनी दिएका थिए । चिनियाँ समाचार एजेन्सीले ट्रम्पको भाषा नस्लवादि र भेदवादपुर्ण रहेको र यसबाट उनलाई गैरजिम्मेवार पुर्ण र असक्षम रहेको पुष्टि भएको टिप्पणी गरेको छ ।

अमेरिकी राष्ट्रपति यो नस्लवादि र भेदवादपुर्ण व्यवहारले चीनमा मात्र उनको आलोचना नभई अमेरिकामा पनि हुन थालेको छ । अमेरिकी राष्ट्रपतिको यस प्रकारको टिप्पणीले गर्दा कट्टरवादिलाई प्रात्साहन गर्ने भन्दै नियोर्कका मेयर विल डि ब्लासियोले आफ्नो ट्विटमा असन्तुष्टि पोखेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: