काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमको कारण अष्ट्रेलियामा ६ जनाको मृत्यु भइसकेको छ भने ७ सय ९ जनामा संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अष्ट्रलियाले शुक्रबारबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाउने निर्णय लिएका छन् । अस्ट्रेलियाले यसअघि बढी संक्रमित राष्ट्र चीन, ईरान, इटली र साउथ कोरियाको नागरिकलाई प्रवेशमा रोक लगाएका थिए ।
यो निर्णयले अष्ट्रेलियन नागरिक र पिआरवालाहरुलाई असर नपरे पनि उनीहरु अष्ट्रलिया प्रवेश गरेको खण्डमा २ हप्ता ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने बताइएको छ ।